१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन

१२ बैशाख २०८२, शुक्रबार १७:३९

काठमाडौँ | जम्मू–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिल्लीका व्यापारीहरूले ’दिल्ली बन्द’ को आह्वान गरेका छन् । यसका कारण राजधानीका विभिन्न बजारहरू बन्द रहेका छन् ।

भारतभर विभिन्न शहरहरूमा नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै आक्रमणको विरोध जनाएका छन् । ओडिसाको भुवनेश्वरमा भारतीय जनता पार्टी (भाजपा) युवा मोर्चाले बिहीबार साँझ प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा सहभागी भाजपा ओडिसा प्रदेश अध्यक्ष मनमोहन सामलले सरकारले आतङ्कवादको अन्त्यका लागि दृढ प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।
काश्मीरको अनन्तनागमा सरकारी विद्यालय ‘स्यामस’ का विद्यार्थीहरूले शान्तिपूर्ण पदयात्रा गर्दै आक्रमणको विरोध जनाए । चण्डीगढ़मा नागरिकहरू प्लेकार्डसहित भेला भई न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए ।

उत्तर प्रदेशको अयोध्यामा मृतकहरूको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको थियो। दिल्लीको प्रसिद्ध खान मार्केटमा पनि व्यापारी सङ्घले श्रद्धाञ्जलिस्वरूप दिप प्रज्वलन कार्यक्रम आयोजना ग¥यो ।

यसैगरी, मध्य प्रदेशको भोपालमा भाजपा नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली सभा आयोजना गरे, जसमा पार्टीका प्रदेश अध्यक्ष तथा सांसद वीडी शर्मा सहभागी हुनुहुन्थ्यो। उहाँले आतङ्कवाद विरुद्ध सिङ्गो देश एकजुट भएको बताउँदै आतंककारीहरूलाई नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गएको साता पहलगाममा भएको सो आक्रमणमा २५ जना भारतीय र एक जना नेपाली नागरिकको ज्यान गएको थियो, जबकि अन्य धेरै घाइते भएका थिए । यसअघि सन् २०१९ मा पुलवामा आक्रमणमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव