१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते

२५ बैशाख २०८२, बिहीबार १३:०३

जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट उनीहरूलाई सामान्य चोट लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै फुजी टिभीले भनेको छ, “पक्राउ परेका आक्रमणकारीले झ्याल फुटाएर एउटा कक्षाकोठामा प्रवेश गरेका थिए ।”

एएफपीले सम्पर्क गर्दा प्रहरीले तत्काल घटनाको पुष्टि गरेको छैन यद्यपि, जापानी सञ्चारमाध्यमले यसअघि दिएको जानकारीमा चार जना कर्मचारी घाइते भएको जनाएका थिए । जापानको राजधानी टोकियोको पश्चिममा रहेको ताचिकावा दाइसान प्राथमिक विद्यालयमा बिहीबार बिहान उक्त घटना भएको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

विद्यालयको वेबसाइटमा ५०० भन्दा बढी विद्यार्थी र ३० भन्दा बढी कर्मचारी रहेको उल्लेख छ । जापानमा कक्षा दुईमा अध्ययन गर्ने विद्यार्थीहरू औसत सातदेखि आठ वर्षका हुन्छन् । विद्यालयको टेलिभिजन फुटेजमा सुरक्षा कर्मचारी र प्रहरी अधिकारीहरूको टोली परिसर भित्र र वरपर हिँडिरहेको देखिन्छ।

जापानमा हिंसात्मक अपराध तुलनात्मक रूपमा दुर्लभ छ, जहाँ हत्याको दर कम छ र विश्वमा सबैभन्दा कडा बन्दूक कानूनहरू कार्यान्वयनमा रहेका छन् । यस्तै अर्को एक घटनामा टोकियोको सबवेमा छुरा प्रहार गरी हत्याको प्रयासको आरोप लागेका एक व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ । उनीहरूले भीडभाडको समयमा दुई जनालाई घाइते बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार