२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन–अमेरिका वार्ता कुशल व्यापार सम्बन्धतर्फ अघि बढ्ने राष्ट्रसङ्घको विश्वास

२६ बैशाख २०८२, शुक्रबार १४:५६

स्विट्जरल्याण्डमा हुने चीन र संयुक्त राज्य अमेरिकाबीचको वार्ताले दुई देशको कुशल र प्रभावकारी व्यापार सम्बन्धतर्फ अघि बढ्न मद्दत गर्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी रहेको राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फरहान हकले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो “हामी आशा गर्छौँ, वार्ताले अमेरिका र चीनको व्यापार सम्बन्धमा थप सहजता र सरलतातर्फ अघि बढ्न मद्दत गर्नेछ ।”

संयुक्त राष्ट्रसङघका प्रमुख ‘विश्वव्यापी युद्धले विकासशील देशलाई असर गर्न सक्छ भन्ने विषयमा चिन्तित रहेकाले त्यसबाट बच्नको लागि कुनै पनि प्रयास स्वागतयोग्य हुने’ हकले बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा उपप्रधानमन्त्री हे लाइफेङले मे ९ देखि १२ सम्म स्विट्जरल्याण्डको भ्रमण गर्न कार्यक्रम तय भएको जनाइएको छ । स्विट्जरल्याण्डको भ्रमणको क्रममा उहाँले चीन–अमेरिका आर्थिक तथा व्यापार मामिलाका लागि चिनियाँ प्रतिनिधिको रूपमा अमेरिकी प्रतिनिधि स्कट बेसेन्टसँग भेटवार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो