२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पोप लियोलाई चीनको बधाई, ‘रचनात्मक संवाद’ का लागि पहल हुनेमा विश्वास व्यक्त

२६ बैशाख २०८२, शुक्रबार १५:३३

चीनले पोप लियो चौधौँ क्याथोलिक चर्चको प्रमुखमा निर्वाचित भएकामा शुक्रबार बधाई दिँदै भ्याटिकनसँग ’रचनात्मक संवाद’ जारी राख्ने आशा गरेको जनाएको छ ।

“नयाँ पोपको नेतृत्वमा भ्याटिकनले चीनसँग रचनात्मक संवाद जारी राख्ने र पारस्परिक चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूमा गहन संवाद सञ्चालन गर्ने आशा गरिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो ।

बेइजिङ र भ्याटिकनले संयुक्त रूपमा सम्बन्धको निरन्तर सुधारलाई बढावा दिन र विश्व शान्ति, स्थिरता र विकास समृद्धिमा योगदान दिन सक्ने आशा लिनले व्यक्त गर्नुभयो ।

शिकागोमा जन्मेका रोबर्ट फ्रान्सिस प्रेभोस्टलाई सिस्टिन च्यापलमा आयोजित गोप्य सम्मेलनपछि विश्वका एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीको नेतृत्वका लागि चयन गरिएको छ ।

आधिकारिक रूपमा कुनै धर्ममा विश्वास नराख्ने (नास्तिक) चीन र भ्याटिकनबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ।

नयाँ कम्युनिस्ट व्यवस्थासँगै चीनले सन् १९५१ मा होली सीसँग सम्बन्ध विच्छेद गरेको थियो भने चिनिया क्याथोलिकहरूलाई राज्य द्वारा संचालित चिनियाँ क्याथोलिक प्याट्रियटिक एसोसिएशनको सदस्यता वा पोपप्रति वफादार गैर–स्वीकृत चर्चहरू मध्ये एक रोज्ने विकल्प दिएको थियो ।

हालै दिवङ्गत हुनुभएका फ्रान्सिसको (लियोका पूर्ववर्ती) को नेतृत्वमा बेइजिङ र भ्याटिकनले सन् २०१८ मा बेइजिङ र होली सी दुवैलाई पादरी प्रमुख नियुक्त गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेका थिए।

तर भ्याटिकनले सन् २०२२ र २०२३ मा बेइजिङले एकतर्फी रूपमा देशको सबैभन्दा ठूलो क्याथोलिक धर्मप्रांत साङ्घाईमा एक विशपसहित दुई पादरी प्रमुख नियुक्त गरेपछि खेद व्यक्त गरेको थियो ।

उनीहरु सन् २०२४ मा पुनः सम्झौता लम्ब्याउन सहमत भएका थिए।

फ्रान्सिसले चीनलाई ‘महान् देश’ को संज्ञा दिनुभएको थियो भने भ्रमण गर्ने इच्छा पनि व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल