२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युद्धविरामको अल्टिमेटमपछि युक्रेन वार्ताका लागि युरोपेली मन्त्रीहरूको आयोजना गर्दै बेलायत

२०८२, २९ बैशाख सोमबार १३:४१

युक्रेनका सहयोगीहरूले मस्कोलाई युद्धविराम स्वीकार गर्न माग गरेको दुई दिनपछि बेलायतले सोमबार युरोपेली मन्त्रीहरूलाई ‘रूसी आक्रामकतालाई रोक्न’ मा ‘महत्त्वपूर्ण’ वार्ताका लागि स्वागत गर्नेछ ।

फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू तथाकथित ‘वाइमर+’ समूहको बैठकमा विदेशमन्त्री डेभिड लामीसँग लन्डनमा सामेल हुनेछन् ।

युक्रेन र रुसबीचको युद्ध र सामान्यतया राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युरोपेली सुरक्षाप्रति अमेरिकी नीतिलाई परिवर्तन गरेको प्रतिक्रियामा यो गठबन्धन फेब्रुअरीमा गठन गरिएको थियो ।

फ्रान्स, जर्मनी, पोल्यान्ड र बेलायतका नेताहरूले शनिबार किएभको भ्रमण गरेपछि यो बैठक भएको हो । किएभमा उहाँहरूले रूसलाई शान्ति वार्ताका लागि अनुमति दिन बिना शर्त ३० दिनको युद्धविराममा सहमत हुन आह्वान गर्नुभएको थियो । उहाँहरूका अनुसार त्यो अमेरिकाले समर्थन गरेको प्रस्ताव थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव राख्नुभएको थियो तर ३० दिनको युद्धविरामका लागि युरोपेली आह्वानको जवाफ दिनुभएको थिएन ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले टर्कीमा पुटिनलाई भेट्न तयार हुने बताउनुभयो तर रुसले युरोपेली प्रस्ताव अस्वीकार गरेमा उहाँ अझै पनि उपस्थित हुने कि नहुने भन्नेबारे बताउनुभएन ।

लामीले रुसको आक्रमणलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दै थप प्रतिबन्धहरूको घोषणा गर्ने अपेक्षा गरिएको लन्डन बैठक, वाइमर+ समूहको छैठौँ बैठक र बेलायतद्वारा आयोजित पहिलो बैठक हुनेछ ।

– अस्तित्वगत चुनौती –

वार्ताले ‘रुसी आक्रामकतालाई कम गर्ने र युरोपेली सुरक्षालाई सुदृढ पार्ने’ कुरा समेट्ने बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरूले ‘युरोपेली सुरक्षालाई बलियो बनाउन र युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति सुनिश्चित गर्न हाम्रो संयुक्त प्रयासहरू’ मा ध्यान केन्द्रित गर्ने मन्त्रालयले बताएको छ ।

लामीसँग उहाँका जर्मन, स्पेनी र पोलिश समकक्षीहरू सामेल हुनेछन् भने फ्रान्सको प्रतिनिधित्व युरोपका लागि मन्त्री बेन्जामिन हदादले गर्नुहुनेछ ।

युरोपेली सङ्घ (इयु) का शीर्ष कूटनीतिज्ञ काजा कालासले पनि भाग लिनुहुनेछ ।

“युरोपेली नेताहरूले हाम्रो महाद्वीपको सामूहिक सुरक्षाका लागि पुस्तामा एक पटक आउने क्षणको सामना गरिरहेका छन्”, लाम्मीले वार्ताअघि भन्नुभयो, “आज हामीले सामना गर्ने चुनौती युक्रेनको भविष्यका बारेमा मात्र होइन–यो सम्पूर्ण युरोपका लागि अस्तित्वगत छ, सार्वभौमसत्ता, शान्ति र युक्रेनको रक्षाका लागि हामी एकसाथ उभिनुपर्छ भन्ने कुरा स्पष्ट पार्न मैले हाम्रा साथी र साझेदारहरूलाई लन्डन ल्याएको छु ।”

– युद्धविराम योजना –

युरोपेली नेताहरूले इस्तानबुलमा प्रत्यक्ष वार्ताका लागि पुटिनको प्रस्तावप्रति संदेहका साथ प्रतिक्रिया व्यक्त गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पुटिनले केवल ‘समय किन्न खोजिरहेका’ भनी चेतावनी दिनुभयो ।

“परिभाषाअनुसार बिना शर्त युद्धविराम वार्ताद्वारा पूर्वनिर्धारित हुँदैन”, उहाँले युक्रेनबाट फर्किंदा पोलिश सहर प्रजेमिस्लमा ट्रेनबाट निस्किँदै पत्रकारहरूलाई भन्नुभयो ।

उहाँले आइतबार पछि एलिसीबाट एक वक्तव्यमा आफ्नो स्थिति दोहोर्‍याउनुभयो । पुटिन र जेलेन्स्कीबीचको वार्ता अघि ‘युद्धविरामको आवश्यकता’ मा जोड दिनुभयो ।

आइतबार लामीसँगको फोन वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको ‘शीर्ष प्राथमिकता लडाइँको अन्त्य र तत्काल युद्धविराम हो’ भनेको विदेश मन्त्रालयलका प्रवक्ता ट्यामी ब्रुसले बताउनुभयो ।

किएभ र यसका सहयोगीहरूलाई जेलेनस्कीसँग झगडा भएका कारण ट्रम्प मस्कोतिर अग्रसर हुँदै हुनुहुन्छ भन्ने डर थियो, तर हालै ट्रम्पले पुटिनप्रति बढ्दो अधीरता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार