२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित

२०८२, २९ बैशाख सोमबार १४:२४

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित हुनुभएको छ ।

गत डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई ध्वस्त पार्ने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोगपछि निलम्बित युनलाई गत महिना औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उहाँ दक्षिण कोरियाको इतिहासमा पदमा रहेकै समय पक्राउ पर्ने पहिलो राष्ट्रप्रमुख बन्नुभएको थियो । यद्यपि, पछि उहाँलाई प्रक्रियागत आधारमा रिहा गरिएको थियो।

युनलाई सियोलको अदालतले सुनुवाईमा उपस्थित हुन आदेश दिएको थियो र भूमिगत पार्किङ स्थलबाट प्रवेश गर्ने उहाँको अधिकार खोसिएको थियो। यसको अर्थ उहाँले पहिलो पटक मिडिया स्क्रम (पत्रकारको प्रश्नको सामना गर्नुपर्ने) व्यवस्था भएको थियो ।

सुट र रातो टाईमा सजिएका युन अदालतमा उपस्थित हुँदा पत्रकारको कुनै पनि प्रश्नको जवाफ नदिई अगाडि बढ्नुभएको थियो ।

यसअघिका सुनुवाइमा पूर्व राष्ट्रपतिले ९० मिनेटभन्दा बढी बाल्नुभएको थियो र आफूले विद्रोह गरेको कुरा अस्वीकार गर्नुभएको थियो ।

सन् १९७९ मा भएको ‘कू’ मा दुई जना सैन्य नेतापछि विद्रोहको लागि दोषी ठहरिने युन दक्षिण कोरियाका तेस्रो राष्ट्रपति हुनेछन् ।

विद्रोहको अभियोगमा युनलाई आजीवन कारावास वा अधिकतम सजाय वा मृत्युदण्डको सजाय हुन सक्छ।

दक्षिण कोरियामा सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाइएको छ त्यसैले उहाँलाई मृत्युदण्डको सजाय हुने सम्भावना कम छ ।

मे महिनाको सुरुमा अभियोजनकर्ताहरूले युनलाई सैनिक कानुन (मार्शल ल) को घोषणालाई लिएर शक्तिको दुरुपयोग गरेको अभियोगमा बिना नजरबन्द अभियोग लगाएको थियो ।

पूर्व प्रथम महिलाका लागि ठूलो उपहार लिएको आरोपमा उहाँकी पत्नी किम किओन ही र एक मध्यस्थको संलग्नता रहेको आरोपमा अनुसन्धानको क्रममा अनुसन्धानकर्ताहरूले सोलस्थित युनको निजी निवासमा छापा मारेको एक दिनपछि यो अभियोग लगाइएको हो।

आइतबार युनको पार्टी, सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी) ले पूर्व श्रममन्त्री किम मुन–सोलाई आफ्नो राष्ट्रपतिको उम्मेदवारको रूपमा दर्ता गरेको थियो।

युनले फेसबुकमा लेख्नुभएको छ, “जुन ३ को चुनाव दक्षिण कोरियाको उदार लोकतान्त्रिक प्रणालीका लागि जीवन मरणको विषय हो ।”

“नागरिकहरू, विशेष गरी हाम्रो युवा पुस्ता जसले स्वतन्त्रताको कदर गर्छन्, म तपाईंहरूलाई फेरि एक पटक हाम्रो साथमा उभिन आग्रह गर्दछु,” ६४ वर्षीय युनले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार