२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु

५ जेष्ठ २०८२, आईतवार १४:५५

हैदराबादको गुलजार हाउसमा रहेको भवनमा भएको आगलागीको प्रारम्भिक जाँचबाट कम्तीमा १७ जनाको ज्यान गएको घटनामा शर्ट सर्किटका कारण ठूलो आगलागी भएको देखिएको अग्नि विभागका एक अधिकारीले आइतबार बताएका छन् ।

“प्रारम्भिक जाँचले कारण सर्ट सर्किट भएको देखाएको छ”, तेलङ्गाना विपद् प्रतिक्रिया तथा अग्नि सेवाका महानिर्देशक वाई नागी रेड्डीले भन्नुभयो, “सबै १७ जनाको मृत्यु धुवाँ फोक्सोमा गएकाले भएको हो, कसैलाई जलनका चोटहरू थिएन ।”

गुलजार हाउस क्षेत्रमा कृष्णा पर्ल्स पसल र आवासीय परिसरमा आगलागीको घटना भएको थियो ।

रेड्डीका अनुसार अग्नि विभागले स्थानीय समयानुसार बिहान ६ः१६ बजे कल प्राप्त गरेर ६ः१७ बजे पर्याप्त कर्मचारीहरूसहित ११ वटा दमकल पठाएको थियो… अग्नि विभागले मानिसहरूलाई बचाउन श्वासयन्त्र र अक्सिजन मास्कहरू प्रयोग गर्‍यो ।

“प्राप्त जानकारी अनुसार १७ जनाको ज्यान बचाउन सकिएन… प्रारम्भिक परीक्षणले शर्ट सर्किट कारण रहेको देखाउँछ”, उहाँले भन्नुभयो ।

“आगो निभाउने र मानिसहरूलाई बचाउने काममा अग्नि विभागमा कुनै कमी थिएन… भवनमा सुरुङजस्तै दुई मिटरको एउटा मात्र प्रवेशद्वार थियो । पहिलो र दोस्रो तलामा पुग्न एक मिटरको एउटा मात्र सिँढी छ । यसले भाग्ने र उद्धार कार्य धेरै गाह्रो बनायो । बिहान ९ बजेतिर आगो नियन्त्रणमा आएको थियो… भवनभित्र कुल २१ जना थिए… मृत्युको कारण धुवाँ सास फेर्नु हो; कसैलाई पनि जलनका चोटहरू थिएन”, अग्नि अधिकारीले भन्नुभयो ।

तेलङ्गाना अग्नि विपद् प्रतिक्रिया आपत्कालीन तथा नागरिक सुरक्षाद्वारा जारी गरिएको १७ मृतकको सूचीमा १० वर्षमुनिका आठ बालबालिकाका नाम छन् ।

मुख्यमन्त्री ए रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभयो र आगलागी घटनामा फसेका परिवारहरूलाई बचाउन सबै आवश्यक उपायहरू अपनाउन शीर्ष अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

उहाँले घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश जारी गर्नुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाहरूप्रति ‘गहिरो दुःख’ व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट रु दुई लाख (भारतीय रुपैयाँ) र दुर्घटनामा घाइते भएकाहरूलाई रु ५० हजारको अनुदान घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव