२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा छ जनाको मृत्यु, १४ बेपत्ता

६ जेष्ठ २०८२, सोमबार १७:४१

इन्डोनेसियाको सुदूर पूर्वी क्षेत्रमा रहेको एक सुनखानी नजिकै आएको बाढी र पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
उद्धारकर्मीले बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।

स्थानीय खोज तथा उद्धार निकायका प्रमुख येफ्री सबरुद्दिनले शुक्रबार राति पश्चिम पपुवा प्रान्तमा घण्टौँको भारी वर्षाका कारण पहिरो र बाढी आएको बताउनुभयो ।

“उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार छ जनाको मृत्यु भएको छ भने १४ जना वेपत्ता भएका छन् । वेपत्ता उनीहरूको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीको पानी खनिकहरूले प्रयोग गर्ने शिविरमा पसेको हो ।

“स्थानीय समयअनुसार राति ९ः०० बजेतिर माथिबाट आएको बाढीको पानीले परम्परागत सुन खानीमा काम गर्नेहरूको अस्थायी आवास क्षेत्रमा क्षति पु¥यायो र उनीहरूका टेन्ट र उपकरणहरू बगायो,” मुहारीले एक विज्ञप्तिमा भन्नुभएको छ ।

खनिज–समृद्ध दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेशियामा इजाजतपत्र बिनाका खानीहरू सामान्य छन्, जहाँ परित्यक्त साइटहरूले स्थानीयहरूलाई आकर्षित गर्दछ जसले उचित सुरक्षा उपकरणबिना खानीमा बचेको सुन र अयस्कको खोजी गर्छन्।

खानीको कानुनी अवस्थाको बारेमा कुनै आधिकारिक सङ्केत दिइएको छैन, जबकि येफरीले उद्धारकर्ताहरूको ध्यान पीडितहरूलाई उद्धार गर्नमा केन्द्रित रहेको बताए।

प्रहरी, सैनिक र सर्वसाधारणलाई घटनास्थल पुग्न दुई घण्टासम्म समय लागेको र पैदल यात्रा समेत एक घण्टा लाग्ने गरेको येफरीले बताउनुभयो ।

“त्यहाँको अवस्था अत्यन्तै विकराल छ किनभने केही सडकहरू क्षतिग्रस्त भएका छन् । त्यसैले सवारी साधनले यो क्षेत्र पार गर्दा सावधानी अपनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

इन्डोनेसियामा विशेषगरी नोभेम्बरदेखि अप्रिलको बीचमा पहिरो जाने सम्भावना हुन्छ ।

गत सेप्टेम्बरमा पश्चिम सुमात्रामा रहेको अवैध सुन खानीमा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

इन्डोनेसियाको सुलावेसी टापुमा गत बर्षको जुलाइमा गएको पहिरोमा परी त्यहाँ रहेको अवैध सुनखानी नजिकै कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव