२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा चामलको मूल्यमा उच्च वृद्धि

२०८२, १० जेष्ठ शुक्रबार १४:२५

जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ । मुद्रास्फीतिका कारण सम्भवतः बैंक अफ जापानले ब्याज दरहरू बढाउने सम्भावना बलियो देखिएको छ ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्च महिनामा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २.९ प्रतिशत भएकोमा अप्रिलमा यो ३.० प्रतिशत कायम भएको छ ।

समग्र असन्तुलित मुद्रास्फीति मार्च र यो महिनामा समान ३.६ प्रतिशत रहेको छ ।

करिब तीन वर्षदेखि आन्तरिक मुद्रास्फीति जापानको केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट उत्पन्न अनिश्चितताले केन्द्रीय बैंकलाई तत्कालका लागि आफ्नो वर्तमान अडानमा अडिग रहन प्रेरित गर्न सक्छ ।

बैंकले मे महिनाको सुरुमा आफ्नो अन्तिम बैठकमा आफ्नो मुख्य ब्याज दर स्थिर राखेको थियो तर कर वृद्धिले विश्वव्यापी आर्थिक अनिश्चिततालाई बढावा दिइरहेको भन्दै बैंकले जापानको लागि आर्थिक वृद्धिको पूर्वानुमानलाई परिमार्जन गरेको छ।

–चामलमा दोब्बर मूल्य वृद्धि–

सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि जापानमा मुद्रास्फिति देखिएको थियो ।

चामलको मूल्यवृद्धि सरकारका लागि राजनीतिक टाउको दुखाइ बनेको छ ।

शुक्रबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८.४ प्रतिशतले बढेको छ ।

मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा पठाएको छ ।

सन् २०२३ मा अत्यधिक गर्मी मौसम ( कम बर्षा र खडेरीका ) का कारण खराब उत्पादन हुनु र गत वर्ष ‘महाभूकम्प’ को चेतावनीका कारण आत्तिएर किनमेल गर्नु पनि यो कमीको मुख्य कारण हो ।

खपत बढ्नुमा पर्यटकको उच्च आगमनलाई पनि जिम्मेवार मानिएको छ भने केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान गरिएको छ ।

यसै साता जापानका कृषिमन्त्री ताकु इटोले चामलको विषयमा भएको गडबडीका कारण जनआक्रोश उत्पन्न भएपछि राजीनामा दिनुभएको थियो ।

उहाँले सप्ताहन्तमा एक सभामा भन्नुभयो, “मैले आफैले कहिल्यै चामल किनेको थिइनँ किनभने मेरा शुभेच्छुकहरूले मलाई यति धेरै चामल दिन्छन् कि म व्यावहारिक रूपमा यसलाई बेच्न सक्छु।”

इटोको राजीनामापछि प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, “म जापानी जनतासँग माफी माग्छु किनभने उहाँलाई नियुक्त गर्नु मेरो जिम्मेवारी हो ।”

उहाँले भन्नुभयो, “चामलको मूल्य उच्च छ भन्ने कुरा एक पटकको घटना होइन तर संरचनात्मक घटना हो । मलाई लाग्छ, हामीले यस विषयमा गहन छलफल गर्नुपर्छ र ती (चामलको मूल्य) अवश्य पनि घट्नुपर्छ।”

क्यापिटल इकोनोमिक्सका मार्सेल थिलियान्टले भन्नुभयो, “साप्ताहिक धानको मूल्यमा स्थिरताको सङ्केत देखिएको छ, त्यसैले चामलको मुद्रास्फीति केही समयपछि फेरि नरम हुन थाल्नुपर्छ।

उहाँले केन्द्रीय बैंकले यस वर्ष नीतिलाई थप कडा बनाउने अपेक्षा गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार