२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आइयारवादी नदीमा आएको बाढीका कारण म्यान्मामा हजार भन्दा बढी घरपरिवार विस्थापित

२०८२, २० जेष्ठ सोमबार १६:१०

काठमाडौँ । म्यान्माको उत्तरी कोचिन राज्यस्थित आइयारवादी नदीमा आएको बाढीका कारण एक हजार भन्दा बढी घर परिवार विस्थापित भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

सोमबारसम्म उक्त स्थानका एक हजार १६५ घरपरिवारका ५५ हजार ११७ जनालाई सुरक्षित क्षेत्रमा सारिएको विभागका एक अधिकारीले बताउनुभएको छ ।

शनिबारदेखि नै नदीको बहाव बढ्दै गएकाले म्यानमाको रेडक्रस सोसाइटी, अग्नि नियन्त्रण विभाग र अन्य स्वयंसेवकहरूसँग मिलेर उद्धार टोलीले कोचिनका प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको अधिकारीहरूले बताएका छन् ।

सोमबार बिहानसम्म म्यानमाको मौसम विज्ञान तथा जलविज्ञान विभागले कोचिन राज्यको माइटकिनास्थित आइयारवादी नदी खतराको सिमाभन्दा करिब दुई इन्च माथि पुगेको जानकारी दिएको छ ।

विभागले मितकिनाका तल्लो क्षेत्र र नदीको किनारमा रहेका बासिन्दाहरूलाई सावधानी अपनाई सुरक्षित स्थानहरूमा जान सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह