२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आइएइएका निर्देशक र इरानी कूटनीतिज्ञबीच कायरोमा भेटवार्ता

२०८२, २० जेष्ठ सोमबार १६:१५

इरानका शीर्ष कूटनीतिज्ञ र आणविक कार्यक्रमका प्रमुख वार्ताकारले सोमबार कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का निर्देशकसँग भेटवार्ता गर्ने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ ।

त्रिपक्षीय बैठक इरानका विदेश मन्त्री अब्बास अराघची, उहाँका इजिप्टका समकक्षी बद्र अब्देलट्टी र आइइएका प्रमुख राफेल ग्रोसीबीच हुने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

इरानले आणविक हतियारका लागि आवश्यक युरेनियमको भण्डारण बढाएर ६० प्रतिशत बनाएको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदन सार्वजनिक भएपछि उहाँहरूबीच भेट वार्ता हुन लागेको हो ।

कायरोको भ्रमणका क्रममा अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीलाई भेट्ने योजना पनि बनाएको जनाइएको छ ।

उहाँले ओमानको मध्यस्थतामा पाँच चरणको वार्तापछि सम्भावित आणविक सम्झौताको लागि अमेरिकाबाट प्रस्ताव प्राप्त भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार