२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान सुरु

२१ जेष्ठ २०८२, मंगलवार १३:४३

पूर्व दक्षिण कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ ।

महिनौँको आन्दोलन पछि दक्षिण कोरियाली जनता नयाँ राष्टपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ ।

राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहनु भएको छ ।

बिहान ६ः०० बजे देखि सुरु भएको मतदान प्रक्रिया बेलुका ८ः०० बजे सम्म चल्ने र मतदाताको सहभागिता उच्च हुने अपेक्षा गरिएको छ ।

कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

सियोलको राष्ट्रिय निर्वाचन आयोगले दिउँसो सम्म ६२.१ प्रतिशत योग्य मतदाताहरूले मतदान गरि सक्ने जनाएको छ । जुन अघिल्लो चुनावको भन्दा बढी हो ।

महिनौँको आन्दोलन पछि सञ्चालन हुन लागेको चुनावको दिन कुनै अभियानलाई अनुमति दिइएको छैन ।

नेता युन र उहाँकी पत्नी किम केओन हीले निवास नजिकैको मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षको कार्यकाल हुन्छ भने नियमित राष्ट्रपति चुनावको साथ, संक्रमणकालीन अवधि हुन्छ ।

प्रारम्भिक चुनावमा राष्ट्रिय निर्वाचन आयोगले मत गणनाको अनुमोदन गरेपछि विजेता राष्ट्रपति बन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव