२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियाली राष्ट्रपति लीलाई, चीन, भारत, जापान र अमेरिकी नेताहरूद्वारा बधाइ व्यक्त

२०८२, २२ जेष्ठ बुधबार १५:३२

चीनका राष्ट्रपति सी चिनफिङले बुधबार लीलाई बधाई दिँदै ‘चीन–दक्षिण कोरिया सम्बन्धको विकासका लागि ठूलो महत्व’ मा जोड दिनुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “चिनियाँ पक्ष दक्षिण कोरियाली पक्षसँग काम गर्न इच्छुक छ । नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपति लीले असल छिमेकी मित्रताको दिशालाई दृढतापूर्वक कायम राख्नुहुनेछ पारस्परिक लाभ र जीतको लक्ष्यमा अडिग रहनुहुनेछ।”

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सियोलसँगको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताउनुभएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उहाँले दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएकोमा ली जे–म्युङलाई बधाई दिँदै भारत–दक्षिण कोरियाको ‘विशेष रणनीतिक साझेदारी’ लाई ‘विस्तार र सुदृढ’ बनाउन उहाँसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “ली जे–म्युङलाई गणतन्त्र कोरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई । हामी भारत–दक्षिण कोरिया विशेष रणनीतिक साझेदारीलाई थप विस्तार र सुदृढ गर्न सँगै काम गर्न उत्सुक छौँ।”

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पनि नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति लीलाई बधाइ दिँदै सियोल र टोकियोबीच सहकार्यलाई ऊर्जा प्रदान गर्न चाहेको बताउनुभएको छ ।

त्यसैगरी, ट्रम्पका उच्च कूटनीतिज्ञ मार्को रुबियोले अमेरिकी विदेशमन्त्रीले ‘साझा मूल्य मान्यता र गहिरो आर्थिक सम्बन्ध’को हवाला दिँदै सियोलसँग वासिङ्टनको ‘फलामे (मजबुत) गठबन्धन’ रहेको बताउनुभएको छ ।

यसअघि ह्वाइट हाउसद्वारा विज्ञप्तिमा निर्वाचनलाई ‘स्वतन्त्र र निष्पक्ष’ भनिएको थियो । विज्ञप्तिमा संयुक्त राज्य अमेरिका विश्वभरका लोकतन्त्रहरूमा चिनियाँ हस्तक्षेप र प्रभावप्रति चिन्तित रहेको र यसको विरोधमा रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार