२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न हात्ती मारेर जनतालाई मासु वितरण गर्ने जिम्बाब्वेको निर्णय

२२ जेष्ठ २०८२, बुधबार १६:०२

काठमाडौँ । जिम्बाब्वेले हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न दर्जनौँ हात्ती मारेर तिनको मासु उपभोगका लागि वितरण गर्ने घोषणा गरेको छ । मंगलबार जिम्बाब्वेको वन्यजन्तु प्राधिकरण (जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफ)ले यो जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणी अफ्रिकी देश जिम्बाब्वे बोत्स्वानापछि विश्वको दोस्रो ठूलो हात्ती भएको देश हो । जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले विज्ञप्तिमा दक्षिण–पूर्वमा रहेको ठूलो निजी खेल रिजर्भ, सेभ भ्याली कन्जर्भेन्सीमा ५० वटा हात्ती मार्ने योजना बनाएको बताएको छ । तर, कुल कति हात्तीहरू मारिने वा कति समयसम्म यो अभियान चल्ने भन्ने उल्लेख गरिएको छैन ।

सन् २०२४ को एक हवाई सर्वेक्षण अनुसार यो रिजर्भमा दुई हजार ५५० हात्ती रहेका छन् । यो संख्या ८०० को क्षमता भएको यो रिर्जभमा तीन गुणा बढी हो । गत पाँच वर्षमा कम्तीमा २०० हात्ती अन्य आरक्षित क्षेत्रहरूमा सारिएका छन् ।

जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले भनेको छ, “हात्तीहरूको व्यवस्थापनबाट प्राप्त मासु स्थानीय समुदायहरूलाई वितरण गरिनेछ । हात्तीको दाँत राज्यको सम्पत्ति हुनेछ । र, यसलाई सुरक्षित राख्न जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफलाई सुम्पिनेछ ।”

हात्तीको दाँत विश्वमा प्रतिबन्ध भएका कारण जिम्बाब्वेले आफ्नो दाँतको स्टक बेच्न सकेको छैन । यो घोषणा भएको एक दिनअघि राजधानी हरारेमा २३० किलोग्रामभन्दा बढी हात्तीको दाँत लिएर हिँडेका चारजनालाई गिरफ्तार गरिएको थियो । उनीहरूले यसको खरिददाता खोजिरहेका थिए ।

सन् २०२४ मा जिम्बाब्वेले २०० हात्ती मारेको थियो । जिम्बाब्वे खडेरीबाट गुज्रिएर खाद्यान्न अभावमा रहेका बेला यी हात्ती मारिएको थियो । यो सन् १९८८ पछिको पहिलो ठूलो हात्ती मार्ने अभियान थियो ।

हात्ती मारेर मासु वितरण गर्ने यो निर्णयले तीव्र आलोचना झेल्नुपरेको छ । जिम्बाब्वेमा हात्तीहरू विशेष गरी पर्यटनको प्रमुख आकर्षण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव