२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न हात्ती मारेर जनतालाई मासु वितरण गर्ने जिम्बाब्वेको निर्णय

२०८२, २२ जेष्ठ बुधबार १६:०२

काठमाडौँ । जिम्बाब्वेले हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न दर्जनौँ हात्ती मारेर तिनको मासु उपभोगका लागि वितरण गर्ने घोषणा गरेको छ । मंगलबार जिम्बाब्वेको वन्यजन्तु प्राधिकरण (जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफ)ले यो जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणी अफ्रिकी देश जिम्बाब्वे बोत्स्वानापछि विश्वको दोस्रो ठूलो हात्ती भएको देश हो । जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले विज्ञप्तिमा दक्षिण–पूर्वमा रहेको ठूलो निजी खेल रिजर्भ, सेभ भ्याली कन्जर्भेन्सीमा ५० वटा हात्ती मार्ने योजना बनाएको बताएको छ । तर, कुल कति हात्तीहरू मारिने वा कति समयसम्म यो अभियान चल्ने भन्ने उल्लेख गरिएको छैन ।

सन् २०२४ को एक हवाई सर्वेक्षण अनुसार यो रिजर्भमा दुई हजार ५५० हात्ती रहेका छन् । यो संख्या ८०० को क्षमता भएको यो रिर्जभमा तीन गुणा बढी हो । गत पाँच वर्षमा कम्तीमा २०० हात्ती अन्य आरक्षित क्षेत्रहरूमा सारिएका छन् ।

जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले भनेको छ, “हात्तीहरूको व्यवस्थापनबाट प्राप्त मासु स्थानीय समुदायहरूलाई वितरण गरिनेछ । हात्तीको दाँत राज्यको सम्पत्ति हुनेछ । र, यसलाई सुरक्षित राख्न जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफलाई सुम्पिनेछ ।”

हात्तीको दाँत विश्वमा प्रतिबन्ध भएका कारण जिम्बाब्वेले आफ्नो दाँतको स्टक बेच्न सकेको छैन । यो घोषणा भएको एक दिनअघि राजधानी हरारेमा २३० किलोग्रामभन्दा बढी हात्तीको दाँत लिएर हिँडेका चारजनालाई गिरफ्तार गरिएको थियो । उनीहरूले यसको खरिददाता खोजिरहेका थिए ।

सन् २०२४ मा जिम्बाब्वेले २०० हात्ती मारेको थियो । जिम्बाब्वे खडेरीबाट गुज्रिएर खाद्यान्न अभावमा रहेका बेला यी हात्ती मारिएको थियो । यो सन् १९८८ पछिको पहिलो ठूलो हात्ती मार्ने अभियान थियो ।

हात्ती मारेर मासु वितरण गर्ने यो निर्णयले तीव्र आलोचना झेल्नुपरेको छ । जिम्बाब्वेमा हात्तीहरू विशेष गरी पर्यटनको प्रमुख आकर्षण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार