२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

२२ जेष्ठ २०८२, बुधबार १६:५४

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ ।

मङ्गलबार गाजामा इजरायली सेनाले संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको गाजाको ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित एक केन्द्र नजिकै गोली चलाउँदा २७ जनाको मृत्यु भएको थियो ।

इजरायलले हालै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी गरेपछि गाजाको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदले बुधबार गाजामा युद्धविराम र मानवीय पहुँचको आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको छ ।

जीएचएफले बुधबार आफ्नो नवीकरण, पुनर्गठन र दक्षता सुधारका लागि वितरण केन्द्रहरू बन्द गरिने र बिहीबार पुनः सञ्चालन सुरु गर्ने बताएको छ ।

मङ्गलबार जीएचएफ केन्द्र नजिकै भएको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खाद्यान्न सहायता खोजी रहेका प्यालेस्टिनीहरूको हत्यालाई अस्वीकार्य भन्दै निन्दा गर्नुभएको थियो ।

इजरायली सेनाले नागरिकहरूलाई गोली हानेको आरोप अस्वीकार गर्दै उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

इजरायलले आफ्नो सेनाले गाजाका मानिसहरूलाई सहायता सङ्कलन गर्नबाट नरोकेको दावी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका प्रमुख भोल्कर टर्कले नागरिकहरूमाथि भएको आक्रमण मानव अधिकारको गम्भीर उल्लङ्घन र युद्ध अपराध भएको उल्लेख गर्नुभएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले निर्दोष गाजावासीहरुले इजरायलको अभूतपूर्व आक्रमणको सामना गरिरहेका बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव