२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

२३ जेष्ठ २०८२, बिहीबार १६:५७
उत्तरी युक्रेनी सहर प्रिलुकीमा रुसी ड्रोन हमलामा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् ।
“भग्नावशेषमुनि फेला परेका दुई महिला र एक वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ”, चेर्निगिभका क्षेत्रीय अधिकारी व्याचेस्लाभ चौसले टेलिग्राममा लेख्नुभएको छ, “छ जना घाइते भएका छन् र अस्पतालमा भर्ना भएका छन्, विस्फोटले आवासीय क्षेत्रका घरहरूमा क्षति पु¥याएको छ ।”
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि दशौँ हजार मानिस मारिएका छन्, पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।
युक्रेनले रूसी भूमिमा बदला लिएको छ, सप्ताहन्तमा रूसी सैन्य एयरबेसहरूमा नाटकीय ड्रोन आक्रमण गरी अर्बौं डलरको आणविक हतियार बोक्न सक्ने विमानहरू नष्ट गरेको छ ।
रुसी नेता भ्लादिमिर पुटिनले किएभको आक्रमणको बदला लिने बताउनुभएको छ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविराम वा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेको देखिन्छ ।
बुधबार युक्रेनको दक्षिण भागमा रूसले कब्जा गरेको खेरसन क्षेत्रमा भएको बम विष्फोटले यस क्षेत्र बिजुलीविहीन भएको गभर्नर भ्लादिमिर साल्डोले बताउनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव