२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा,मोदीले गरे शुभारम्भ

२०८२, २४ जेष्ठ शुक्रबार १५:०९

काठमाडौँ । विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा सञ्चालनमा आएको छ ।

निर्माण सुरु भएको चार दशकपछि बनेको चिनाब पुल आफ्नै नामको नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।

४२ वर्षदेखि बन्दै गरेको यो पुल सम्पन्न भई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभारम्भ गरेका हुन् । यसले भारतको काश्मीर अन्य सहरलाई रेलमार्गमार्फत जोड्ने द इन्डियन एक्सप्रेसले बताएको छ ।

गत अप्रिलमा भएको पर्यटक हत्याकाण्डपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक कश्मीर क्षेत्रको यात्रामा गएका हुन् ।

वास्तुकलाको अद्भूत कृतिका रूपमा रहेको चेनाब रेल पुल १,३१५ मिटर लामो यो स्टिल आर्च पुल हो । भूकम्प र हावाको प्रबल गति सहन सक्ने गरी पुल निर्माण गरिएको बताइएको छ ।

यो पुलले जम्मू र श्रीनगरबीचको यातायात सुविधा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यसले जम्मू र श्रीनगरबीचको यात्रा समय २–३ घण्टा घटाउने बताइएको छ । यो पुलमा चल्ने ‘वन्दे भारत’ ट्रेनले कटरा र श्रीनगरबीचको यात्रा समय तीन घण्टामा सीमित गर्नेछ ।

१६० मिलियन डलरभन्दा बढी लागतको यो पुल कश्मीर र भारतका बाँकी भूभागबीच रेलवे जोड्ने अभियानको पहिलो हिस्सा हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार