२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा,मोदीले गरे शुभारम्भ

२४ जेष्ठ २०८२, शुक्रबार १५:०९

काठमाडौँ । विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा सञ्चालनमा आएको छ ।

निर्माण सुरु भएको चार दशकपछि बनेको चिनाब पुल आफ्नै नामको नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।

४२ वर्षदेखि बन्दै गरेको यो पुल सम्पन्न भई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभारम्भ गरेका हुन् । यसले भारतको काश्मीर अन्य सहरलाई रेलमार्गमार्फत जोड्ने द इन्डियन एक्सप्रेसले बताएको छ ।

गत अप्रिलमा भएको पर्यटक हत्याकाण्डपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक कश्मीर क्षेत्रको यात्रामा गएका हुन् ।

वास्तुकलाको अद्भूत कृतिका रूपमा रहेको चेनाब रेल पुल १,३१५ मिटर लामो यो स्टिल आर्च पुल हो । भूकम्प र हावाको प्रबल गति सहन सक्ने गरी पुल निर्माण गरिएको बताइएको छ ।

यो पुलले जम्मू र श्रीनगरबीचको यातायात सुविधा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यसले जम्मू र श्रीनगरबीचको यात्रा समय २–३ घण्टा घटाउने बताइएको छ । यो पुलमा चल्ने ‘वन्दे भारत’ ट्रेनले कटरा र श्रीनगरबीचको यात्रा समय तीन घण्टामा सीमित गर्नेछ ।

१६० मिलियन डलरभन्दा बढी लागतको यो पुल कश्मीर र भारतका बाँकी भूभागबीच रेलवे जोड्ने अभियानको पहिलो हिस्सा हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव