२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूस र युक्रेनको युद्ध नभइ केटाकेटीबीचको झगडा हो :राष्ट्रपति ट्रम्प

२५ जेष्ठ २०८२, शनिबार १६:२०

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्।

मर्जले युद्ध रोक्नका लागि रूसी राष्ट्रपति पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले अहिलेलाई छाडिदिनुपर्ने बताएका हुन्। ‘मैले नकारात्मक रूपमा भनेको होइन। तर यी दुई देशलाई केही समय लड्न दिनु उपयुक्त हुन्छ,’ ओभल अफिसमा मर्जसहितको छलफलमा ट्रम्पले भने। उनले दुई देशबीचको युद्धलाई केटाकेटीको झगडासँग पनि तुलना गरे।

‘केटाकेटी झगडा गर्दा कहिलेकाँही उनीहरूलाई केही समय लड्न दिनुपर्छ। दुवैले कष्ट भोगेपछि मात्रै उनीहरूलाई छुट्याउन सकिन्छ, नत्र सकिँदैन,’ ट्रम्पले भने। हक्की र अन्य खेलमा पनि रेफ्रीले खेलाडीलाई केही समय लड्न दिएर मात्र छुट्याउने बताए। उनले पुटिनसँगको कुराकानीमा पनि आफूले त्यही भनेको बताए। ‘उहाँहरूले अझै कष्ट र लडाइँ सहनुपर्छ। किनकी कष्ट नभोगी सहमतिमा आउनुहुँदैन,’ उनले भने।

रूस युक्रेनबीचको लडाइँ अन्त्य गर्ने भनेर ट्रम्पले सुरूवातदेखि नै कोशिस गरे पनि सम्भव हुन सकेको छैन। ट्रम्पले युद्धविरामका लागि सहमत गराउन विभिन्न दबाब दिए पनि रूसले युक्रेनमाथिको आक्रमण जारी राखेको छ। शुक्रबार उसले युक्रेनमा ४० मिसाइल र ४०० ड्रोन प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव