३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अत्यधिक पिरो खानाले आवाज नै गुम्यपछि………..

२५ जेष्ठ २०८२, शनिबार १८:१३

काठमाडौँ | अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाइ रेष्टुरेन्टमाथि मुद्दा दायर गरेकी छन् । कूप डी थाई रेष्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खानेकुरा दिएका कारणले गर्दा आफ्नो गला बिग्रिएर बोली नै बन्द भएको भन्दै स्यान होजे शहरकी न्युरोलोजिस्ट डा. हरजसलीन वालियाले उक्त रेष्टुरेन्टविरुद्ध मुद्दा हालेकी हुन् ।

समाचारका अनुसार सन् २०२३ मा उनले सो रेष्टुरेन्टमा गएर ‘ड्रागन बल्स’ नामक खानेकुरा अर्डर गरेकी थिइन् । उनले त्यसबेला वेट्रेसलाई खानेकुरामा मसला कम गर्न अनुरोध गरेकी थिइन् र ती वेट्रेसले उनको कुरामा सहमति जनाएकी थिइन् ।

तर उनले पिरो र मसला कम गर्न भनेपनि रेष्टुरेन्टले उनको अनुरोधलाई नजरअन्दाज गरेछ । त्यसैले पहिलो गाँस खाँदा नै पिरोका कारण उनको मुख, जिब्रो र घाँटीमा जलन हुन थाल्यो । नाकभित्र पनि जलन भयो अनि आँखाबाट आँसु र नाकबाट पानी बग्यो । उनी लगातार खोक्न थालिन् । वालियाका अनुसार, अत्यधिक पिरोले उनलाई रासायनिक जलन भयो । उनको स्वरयन्त्र, अन्ननली र नाकमा समेत स्थायी क्षति पुगेको छ । उनको आवाज गुमेको छ र बोल्न निकै गाह्रो हुन्छ ।

पहिलो गाँस खाँदा नै मुखमा निकै जलन भएपछि उनले रेष्टुरेन्टका कर्मचारीसँग दूध वा आइसक्रिम मागेकी थिइन् । तर रेष्टुरेन्टले उनलाई राहत दिन केही पनि उपलब्ध गराएन । उनले पछि नरिवल पानी र पानी पनि पिइन्, तर पनि जलन कम भएन । उनले दायर गरेको अभियोगमा त्यस्तो पिरो खाना सामान्य मानिसका लागि उपयुक्त नभएको र रेष्टुरेन्टले स्वास्थ्य अधिकारी वा आपतकालीन सेवासँग परामर्श नगरको बताइन् ।

उता रेष्टुरेन्टले भने आरोप अस्वीकार गरेको छ । रेष्टुरेन्टका प्रतिनिधिका अनुसार मीटबल्सभित्र खुर्सानी मिसिएका कारण पिरो र मसला घटाउन सम्भव थिएन । हालसम्म अरु कसैले पनि असह्य पिरो भयो भनेर गुनासो नगरेको पनि उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध