२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा सक्रिय कोभिड–१९, २४ घण्टामा ६ जनाको मृत्यु

२०८२, २७ जेष्ठ सोमबार १३:२२

काठमाडौँ ।  भारतमा सक्रिय कोभिड–१९ का संक्रमितको संख्या ६ हजार नाघेको छ । भारतमा हाल ६ हजार १३३ सक्रिय केस रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ३७८ नयाँ संक्रमित थपिएका छन् ।

केरलामा १४४, गुजरातमा १०५ र पश्चिम बंगालमा ७१ नयाँ केस रेकर्ड गरिएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । जसमा कर्नाटकबाट दुई, केरलाबाट तीन र तमिलनाडुबाट एक जनाको मृत्यु भएको हो ।

अन्य स्वास्थ्य समस्या पनि भएका ४६ र ७८ वर्षका कर्नाटकका दुई उपचाररत पुरुषको निधन भएको हो । दुवैमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अन्य रोग भएका केरलाका ५१, ६४ र ९२ वर्षका तीन पुरुषको उपचारका क्रममा निधन भएको हो । तमिलनाडुमा मधुमेह र गम्भीर मृगौला रोग भएका एक ४२ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

१ जनवरी २०२५ देखि अहिलेसम्म भारतमा कोभिड–१९ बाट कुल ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७५३ जना कोभिड–१९ बाट निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै