२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुम्बईमा चलिरहेको ट्रेनबाट १० जना यात्रु खस्दा, १ जनाको मृत्यु

२०८२, २७ जेष्ठ सोमबार १४:१०

काठमाडौँ । सोमबार बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल ट्रेनबाट करिब १० जना यात्रु खसेका छन।
दुर्घटनामा १ जनाको मृत्यु भएको ९ यात्रु जना घाइते भएको जानकारी ठाणे महानगरपालिकाले दिएको छ।

यो दुर्घटना सोमबार बिहान ९:२० बजेतिर भएको हो। कसराबाट सीएसएमटी जाँदै गरेको फास्ट लोकल ट्रेनबाट यात्रु खसेका हुन्।
मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाका अनुसार ठाणेको मुम्ब्रा र दिवाबीच गुडिरहेको लोकल ट्रेनबाट यात्रु खसेका हुन्। सबै घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

सीपीआरओ स्वप्निलले दुर्घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनबीचको डाउन/फास्ट लाइनमा भएको बताए।

उनले भने, ‘एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको खबर आएको थियो। दुवै रेलका केही यात्रु फुटबोर्डमा उभिरहेका थिए र दुई रेल एकअर्कासँग ठोकीदा केही मानिसहरू तल खसे।’

सीपीआरओलेले यो दुई रेल ठोकिएको नभई फुटबोर्डमा यात्रा गर्ने यात्रुहरू एकअर्कासँग अल्झिएको बताएका छन्।

उनले भने, ‘सामान्यतया दुई रेलबीच १.५ देखि २ मिटरको दूरी हुन्छ, तर जब रेल मोडमा हुन्छ, यो थोरै ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह