२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुम्बईमा चलिरहेको ट्रेनबाट १० जना यात्रु खस्दा, १ जनाको मृत्यु

२७ जेष्ठ २०८२, सोमबार १४:१०

काठमाडौँ । सोमबार बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल ट्रेनबाट करिब १० जना यात्रु खसेका छन।
दुर्घटनामा १ जनाको मृत्यु भएको ९ यात्रु जना घाइते भएको जानकारी ठाणे महानगरपालिकाले दिएको छ।

यो दुर्घटना सोमबार बिहान ९:२० बजेतिर भएको हो। कसराबाट सीएसएमटी जाँदै गरेको फास्ट लोकल ट्रेनबाट यात्रु खसेका हुन्।
मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाका अनुसार ठाणेको मुम्ब्रा र दिवाबीच गुडिरहेको लोकल ट्रेनबाट यात्रु खसेका हुन्। सबै घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

सीपीआरओ स्वप्निलले दुर्घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनबीचको डाउन/फास्ट लाइनमा भएको बताए।

उनले भने, ‘एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको खबर आएको थियो। दुवै रेलका केही यात्रु फुटबोर्डमा उभिरहेका थिए र दुई रेल एकअर्कासँग ठोकीदा केही मानिसहरू तल खसे।’

सीपीआरओलेले यो दुई रेल ठोकिएको नभई फुटबोर्डमा यात्रा गर्ने यात्रुहरू एकअर्कासँग अल्झिएको बताएका छन्।

उनले भने, ‘सामान्यतया दुई रेलबीच १.५ देखि २ मिटरको दूरी हुन्छ, तर जब रेल मोडमा हुन्छ, यो थोरै ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव