२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाको अल–अमल अस्पताल सेवा विहिन ; डब्ल्यूएचओ

२८ जेष्ठ २०८२, मंगलवार १६:५९

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयससले दक्षिणी गाजाको खान युनिसस्थित अल–अमल अस्पताल क्षेत्र वरपर बढ्दो इजरायली आक्रामकका कारण सेवा विहिन भएको चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जाल एक्समा डाक्टर घेब्रेयससले अस्पताल विरामीको पहुँच विहिन र नयाँ बिरामी लिन रोक लगाएकाले विरामाीहरुले ज्यान गुमाउनु पर्ने जोखिम बढेको बताउनु भएको छ । केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय चिकित्सा टोलीहरू अझै पनि अस्पताल परिसरमा सीमित चिकित्सा आपूर्तिका साथ बाँकी बिरामीहरूको सेवा गर्न सक्दो प्रयास गरिरहेको उहाँले प्रष्ट पार्नु भएको छ ।

अल–अमल अस्पतालमा नयाँ विरामीहरुका लागि बन्द भएपछि नासिर मेडिकल कम्प्लेक्स घाईते तथा विरामीहरुको उपचारका लागि एक मात्र अस्पताल भएको उहाँले उल्लेख गर्नु भएको छ ।

अल–अमल र नासेर कम्प्लेक्स दुवैले इजरायली आक्रमण र नाका बन्दीको कारण क्षमता भन्दा बढी घाइते तथा विरामीहरुको उपचार गरिरहेको जनाइएको छ ।

सन् २०२३ अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि, २.३ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूले खराब मानवीय प्रकोपको सामना गरिरहेका छन् । निरन्तर बढ्दो अभावले भयाभह स्थिती निम्त्याउन संयुक्त राष्ट्रसङ्ले बारम्बार चेतावनी दिएको छ भने इजरायलले अस्पताल, आश्रय तथा नागरिक पूर्वाधारलाई लक्षित गरि आक्रमण गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव