२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एलन मस्कले एक्समा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पसंग माफी मागे

२०८२, २९ जेष्ठ बुधबार १५:०३

काठमाडौँ |  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी एलन मस्कबीच वाकयुद्ध सुरु भएको थियो । यसैबीच एलन मस्कले एक्समा पोस्ट गर्दै माफी मागेका छन्। मस्कले भने ‘म गत हप्ताका मेरा केही पोस्टहरूको लागि माफी चाहन्छु, किनकि यो बढी भएको थियो।’

एलन मस्क र ट्रम्प बीचको विवाद त्यतिबेला गहिरो भयो जब मस्कले सरकार दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिए। यसपछि मस्कले ट्रम्पको खर्च र कर कटौती विधेयकको कडा आलोचना गरे ।

यति मात्र होइन मस्कले ट्रम्पको महाभियोगको समर्थन गर्दै एक्समा पोस्ट गरेका थिए, यद्यपि उनले पछि त्यो पोस्ट मेटाए। यो मुद्दा यति बढेको थियो कि एलनले जेफ्री एपस्टाइनसँग ट्रम्पको पुरानो सम्बन्धको पनि उल्लेख गरे, जसलाई ट्रम्पले पुरानो र झूटो मुद्दा भने।

एलन मस्कसँगको विवाद बढेपछी ट्रम्पले मस्कका कम्पनीहरू, विशेष गरी स्पेसएक्ससँगको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने बारेमा विचार गर्न सक्ने खुलेआम धम्की दिए । ट्रम्पले भने ‘मलाई लाग्छ एलन धेरै दुःखी र निराश महसुस गरिरहेका छन्।’ एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका थिए ‘मलाई लाग्छ हाम्रो सम्बन्ध अब समाप्त भइसकेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह