१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्राजिल फिफा विश्वकप २०२६ का लागि छनोट

२९ जेष्ठ २०८२, बुधबार १५:१३

काठमाडौँ | पाराग्वेलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।

बुधबार बिहान भएको समूह चरणको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फिफा विश्वकपका लागि छनोट भएको हो।

पाँच पटकको विश्व विजेता ब्राजिल सन् २०२६ को विश्वकपका लागि छनोट हुने १२ औँ टोली हो। अहिलेसम्म विश्वकपका लागि १२ राष्ट्रले स्थान बनाइसकेका छन्।
पहिलो हाफको ४४ औँ मिनेटमा भिनिसियस जुनियरको निर्णायक गोलमा ब्राजिलले विश्वकप यात्रा तय गरेको हो। भिनिसियसले म्याथु चुन्हाको पासमा गोल गरेका थिए।

कार्लो एसेन्लोटीले ब्राजिलको टोली सम्हालेपछि यो पहिलो जित हो। यसअघि प्रशिक्षक एसेन्लोटीले टोली सम्हालेपछि इक्वाडरसँगको डेब्यु खेल गोलरहित बराबरीमा सकिएको थयो।

विश्वकपमा छनोट भएपछि भिनिसियसले भने, ‘हामीलाई विश्वकपमा छनोट हुनु थियो। अब प्रशिक्षकलाई काम गर्न धेरै समय छ, अवश्य पनि आज हामीले राम्रो गर्न सकेनौँ, तर महत्वपूर्ण भनेको हामीले सधैै जित्नु हो।’

फिफा विश्वकपको हरेक संस्करणमा छनोट हुने ब्राजिल एक्लो टोली हो। ब्राजिल सन् १९३० देखिका हरेक संस्करणमा फिफा विश्वकपमा छनोट हुँदै आएको छ।

त्यस्तै पेरुसँग गोलरहित बराबरी खेलेको इक्वेडरले पनि विश्वकपमा स्थान बनाएको छ। विश्वकपमा छनोट हुने इक्वेडर १३ औँ टोली हो। फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रले भाग लिनेछन्। अब ३५ राष्ट्रले स्थान बनाउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार