२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन सङ्घर्षरत भारत

३० जेष्ठ २०८२, बिहीबार १३:३७
भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ ।
चालक दलका २२ सदस्य बोकेको दुई सय ६८ मिटर (आठ सय ७९ फिट) लामो सिङ्गापुर झण्डाको कन्टेनर जहाज एमभी वान हाई ५०३ मा आगो लागेको छ । तीमध्ये चार जना बेपत्ता छन् । यो जहाजमा सोमबार भारतको बेयपोर बन्दरगाहबाट लगभग ७८ समुद्री माइल टाढा आगो लागेको थियो ।
आगो लागेको केही समयपछि तटरक्षक बलले सार्वजनिक गरेका तस्बिरहरूले कुनै शक्तिशाली विस्फोटनले फ्याँकेको जस्तो जहाजभरि भारी कन्टेनरहरू छरिएका देखाएको छ । त्यसबेलादेखि जहाजमा आगो लागेको छ ।
“यो जहाजमा दुई हजार एक सय २८ मेट्रिक टन इन्धन र खतरनाक कार्गोसहित सयौँ कन्टेनर छन्, जसले समुद्री वातावरण र क्षेत्रीय पोत परिवहन मार्गहरूलाई गम्भीर जोखिम पारेको छ”, तटरक्षक बलले बुधबार राति एक विज्ञप्तिमा भन्यो ।
तटरक्षक बलले कार्गोको सामग्रीको बारेमा थप विवरण दिएको छैन, तर भनेको छ, “अवस्था गम्भीर रहेको छ ।”
भारतीय तटरक्षक बल र नौसेनाले अठार चालक दलका सदस्यलाई उद्धार गरेको छ । एक इन्डोनेसियाली, दुई ताइवानी र एक म्यान्मारीसहित चालक दलका चार सदस्य बेपत्ता भएको सूचीमा छन् ।
तटरक्षक बलले जलिरहेको जहाजमा ‘उद्धार टोलीका पाँच सदस्य’ र एक गोताखोरलाई राखेको बताएको छ ।
“आगो पूर्णरूपमा निभ्न बाँकी रहेको अवस्थामा सम्भावित पारिस्थितिक विपत्ति रोक्न जहाजलाई तटबाट टाढा तान्नका लागि डोरी बाँध्ने प्रयासहरू जारी छ”, यसले भन्यो, “आगो निभाउने सघन प्रयासले… देखिने आगोको ज्वालालाई उल्लेखनीय रूपमा कम गरेको छ । तथापि भित्री डेकहरू र इन्धन ट्याङ्कहरू नजिक आगो अझै सक्रिय छ ।”
आगो निभाउने प्रयासमा पाँचवटा तटरक्षक जहाजका साथै हवाईजहाज र एउटा हेलिकप्टरसहित सातवटा जहाज संलग्न छन् ।
एमभी वान हाई ५०३ कन्टेनर जहाज भारतको दक्षिणी तटमा केही हप्ताभित्रै सङ्कटमा परेको दोस्रो जहाज हो ।
खतरनाक सामान बोकेको लाइबेरियाको झण्डा बोकेको कन्टेनर जहाज गत महिनाको अन्त्यतिर केरलाको तटमा डुबेको थियो । भारतीय नौसेनाले सबै २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता