३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ओमानले आइतबार अमेरिका–इरान आणविक वार्ताको आयोजना गर्ने

३० जेष्ठ २०८२, बिहीबार १३:४७
काठमाडौँ । लामो समयदेखि शत्रुहरूबीच बढ्दो तनावका बीच सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र इरानबीच छैटौँ चरणको आणविक वार्ताको आयोजना गर्ने ओमानले बिहीबार बताएको छ ।
“इरानसँगको छैटौँ चरणको अमेरिकी वार्ता यस आइतबार मस्कटमा हुने कुरा पुष्टि गर्न पाउँदा म खुसी छु”, विदेशमन्त्री बद्र अलबुसाइदीले एक्समा एक पोस्टमा भन्नुभयो ।
सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले परित्याग गर्नुभएको सन् २०१५ को सम्झौता प्रतिस्थापन गर्न नयाँ आणविक सम्झौता गर्न तेहरान र वासिङ्टनले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीहरूलाई सम्भावित ‘खतरनाक’ मध्यपूर्वबाट सारिएको बताएको केही घण्टापछि ओमानले यो घोषणा गरेको हो ।
इजरायलले इरानी आणविक सुविधाहरूमा आक्रमण गर्न सक्ने बढ्दो अनुमानका बीच इरानलाई आणविक बम राख्न नदिने कुरा पनि ट्रम्पले दोहोर्‍याउनुभएको छ ।
बुधबार इरानले द्वन्द्व फैलिएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउने धम्की दिएको छ ।
ट्रम्पले हालसम्म वार्ताको बारेमा आशावाद व्यक्त गर्नुभएको थियो, तर बुधबार प्रकाशित एक अन्तर्वार्तामा उहाँले सम्झौतामा पुग्ने बारेमा ‘कम विश्वस्त’ भएको बताउनुभयो ।
जनवरीमा पदमा फर्किएपछि ट्रम्पले आणविक कूटनीतिलाई समर्थन गर्दै तर यो असफल भएमा सैन्य कारबाहीको चेतावनी दिँदै तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियान पुनः सुरु गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई वार्ताको मौका दिन इरानको आणविक सुविधाहरूमा आक्रमण गर्न रोक्न दबाब दिएको बताउनुभएको छ, तर बढ्दो रूपमा उहाँले धैर्य गुमाउँदै गरेको सङ्केत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द