३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’

३१ जेष्ठ २०८२, शुक्रबार १३:०७
सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको रियादले शुक्रबार इरानमा सैन्य र आणविक स्थलहरू विरुद्ध इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ ।
प्रमुख सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरूको मृत्यु भएको आक्रमणले यस क्षेत्रमा पूर्ण युद्धको डर उत्पन्न गरेको छ र ओमानमा आइतबारका लागि तय गरिएको अमेरिका–इरान आणविक वार्तालाई जोखिममा पारेको छ ।
“साउदी अरब अधिराज्यले भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना व्यक्त गर्दछ, यो आक्रमणले यसको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्छ र अन्तर्राष्ट्रिय कानून र नियमहरूको स्पष्ट उल्लङ्घन गर्दछ”, विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।
यी आक्रमणहरूलाई ‘जघन्य आक्रमणहरू’ का रूपमा वर्णन गर्दै मन्त्रालले भन्यो, “अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यस आक्रामकतालाई तुरुन्त रोक्ने ठूलो जिम्मेवारी बोकेको छ ।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहने’ बताउनुभएको छ ।
तेलको मूल्य १२ प्रतिशतभन्दा बढी बढेका कारण व्यापक द्वन्द्वको डरका साथ तेल समृद्ध यस खाडी मुलुकमा आक्रमणले स्तब्ध बनाएको छ ।
सन् २०२३ मा चीनले साउदी अरेबिया र इरानबीच ऐतिहासिक मेलमिलाप सम्झौताको मध्यस्थता गरेको थियो । साउदी अरब र इरानले लामो समयदेखि मध्यपूर्वका द्वन्द्वहरूमा विपरीत पक्षहरूलाई समर्थन गरेका थिए ।
प्रमुख शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीहरूले साउदी कूटनीतिक मिसनहरूमा आक्रमण गरेपछि रियादले सन् २०१६ मा सम्बन्ध तोडेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’