२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता

२०८२, ३१ जेष्ठ शुक्रबार १४:१२
काठमाडौँ । थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य भएको थाई विमानस्थल प्राधिकरणले जनाएको छ ।
लन्डन जाने एयर इन्डियाको यात्रु जेट भारतको अहमदाबाद सहरमा दुर्घटना भएको एक दिनपछि यो घटना आएको हो । अहमादाबाद विमान दुर्घटनामा कम्तीमा दुई सय ६५ जनाको मृत्यु भएको थियो ।
थाइल्यान्डको विमानस्थलले फुकेटका लागि आफ्नो फेसबुक पेजमा एयरबस ए ३२० का पाइलटले एयर ट्राफिक कन्ट्रोललाई बमको धम्कीको सन्देश विमानमा फेला परेको रेडियो प्रसारण गरेको बताए ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले फुकेट उडानले उडान भरेको लगत्तै अन्डमान सागरमाथि यू–टर्न लिँदै त्यसपछि अवतरण गर्नुअघि टापुको तटबाट धेरै पटक परिक्रमा गरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार