२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा

३१ जेष्ठ २०८२, शुक्रबार १७:०७
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा कुनै पनि सैन्य वृद्धि’ को निन्दा गर्नुभएको उहाँका उप प्रवक्ता फरहान हकले इरानविरुद्ध इजरायलले गरेको आक्रमणबारे वक्तव्यमा बताउनुभएको छ ।
  “संयुक्त राष्ट्रसङ्घका प्रमुख इरानको आणविक कार्यक्रमको स्थितिबारे इरान र अमेरिकाबीच वार्ता भइरहेको बेला इरानमा आणविक प्रतिष्ठानहरूमा इजरायली आक्रमणहरूबाट विशेष गरी चिन्तित हुनुहुन्छ”,, विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्न बाध्य छन् भनी उल्लेख गर्दै महासचिवले दुवै पक्षलाई अधिकतम संयम देखाउन र कुनै पनि मूल्यमा गहिरो द्वन्द्वमा पर्नबाट जोगिन आग्रह गर्नुभएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमाथि ‘पूर्वनियोजित आक्रमण’ गरेको बताउनुभयो । इजरायली रक्षा बलले यसका जेटहरूले पहिलो चरणको आक्रमण पूरा गरेको र विशेष गरी इरानका विभिन्न क्षेत्रहरूमा आणविक लक्ष्यहरू सहित दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको एक वक्तव्यमा पुष्टि गरेको छ ।
इरानको आइआरआइबी राज्य टेलिभिजनले राजधानी तेहरान र नातान्ज, खोन्डाब र खोर्रामाबाद काउन्टीहरूमा विस्फोट भएको जनाएको छ । तेहरानको आवासीय भवनमा महिला र बालबालिका सहित धेरै हताहत भएको सरकारी टेलिभिजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…