२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अहमदाबाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुग्यो

२०८२, ३२ जेष्ठ शनिबार १४:५४

अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। अन्यको डीएनए नमुना लिने प्रक्रिया जारी छ। दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ। दुर्घटनास्थलमा भग्नावशेष हटाउने काम अझै जारी छ।

गत बिहीबार दुर्घटनामा परेको त्यस एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुसहित २४२ जना थिए, जसमध्ये एक यात्रु बाँचे। यसबाहेक विमान खसेको बीजे मेडिकल कलेज होस्टेलमा रहेका डाक्टर तथा कर्मचारी गरी ३४ जनाको पनि मृत्यु भएको हो।

एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान यही जुन १२ तारिख (जेठ २९) दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलको रनवे २३ बाट लन्डनका लागि उड्नासाथ घना बस्ती भएको क्षेत्रमा खसेको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार, विमान केही सेकेन्डमै असन्तुलित भयो र विमानस्थलको सीमा बाहिर भवनमाथि खस्यो। दुर्घटना भएको केही समयपछि आगो लाग्यो र विमानका बाहिरका मानिस पनि मरे।

विमान दुर्घटनाबारे भारतले सरकारले औपचारिक अनुसन्धान सुरु गरिसकिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह