२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलसँगको तनावबीच, इरान–चीन बीच टेलिफोन वार्ता

१ असार २०८२, आईतवार १४:४२

काठमाडौँ । इजरायल र इरानबीचको बढ्दो तनावका बीच चीनका विदेशमन्त्री वाङ यी र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीबीच टेलिफोन वार्ता भएको छ। चीनको विदेश मन्त्रालयले शनिबार दुवै पक्षबीच क्षेत्रीय अवस्था र पछिल्ला घटनाक्रमबारे कुराकानी भएको प्रेस विज्ञप्तिजारी गरी जनाएको छ।

विज्ञप्तिअनुसार, इरानका विदेशमन्त्री अराघचीले इजरायली आक्रमणमा इरानी सैनिक र सर्वसाधारणको ज्यान गएको जानकारी दिएका छन्। उनका अनुसार, इजरायलले इरानका आणविक स्थलहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय कानुन कानुनविरुद्ध हो। साथै, उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलमाथि दबाब दिई सैन्य कारबाही रोक्न सामूहिक अपिल गर्न आग्रह गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले सुरुदेखि नै इरानमाथिको आक्रमणप्रति आफ्नो स्पष्ट विरोध जनाएको बताए। उनले इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डतामाथिको उल्लंघनका रूपमा उक्त घटनालाई लिएको उल्लेख गरेका छन्।

चीनले यस्ता गतिविधि नियन्त्रणमा ल्याउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित शक्तिशाली राष्ट्रहरूलाई शान्ति स्थापनाका लागि पहल गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान