२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आइएइए

४ असार २०८२, बुधबार १६:४५
इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका दुई भवन राजधानी तेहरानको नजिकैको कराजमा नष्ट भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले बुधबार बताएको छ ।
इजरायली सेनाले तेहरान र वरपरका क्षेत्रमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको बताएको केही घण्टापछि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीको यो घोषणा आएको हो ।
“इरानका दुईवटा सेन्ट्रिफ्युज उत्पादन केन्द्र, टेसा कराज कार्यशाला र तेहरान अनुसन्धान केन्द्रमा आक्रमण भएको आइएइएसँग जानकारी छ”, आइएइएले एक्समा एक पोस्टमा भनेको छ, “दुवै स्थल पहिले जेसिपिओएको भागका रूपमा आइएइए निगरानी र प्रमाणीकरण अन्तर्गत थिए ।” जेसिपिओले इरानको आणविक कार्यक्रमसम्बन्धी सन् २०१५ को सम्झौतालाई जनाउँछ ।
“तेहरानको एक स्थलमा भएको अर्को आक्रमणमा एक भवनमा आक्रमण भयो जहाँ उन्नत सेन्ट्रिफ्यूज रोटरहरू निर्माण र परीक्षण गरिन्थ्यो”, एजेन्सीले एक्समा अर्को पोस्टमा भनेको छ ।
केही घण्टाअघि एक इजरायली सैन्य वक्तव्यले तेहरान क्षेत्रमा आफ्नो हवाई आक्रमणको वर्णन गरेको थियो ।
“इरानको आणविक हतियार विकास कार्यक्रममा बाधा पुर्‍याउने व्यापक प्रयासको एक हिस्साका रूपमा तेहरानको सेन्ट्रिफ्युज उत्पादन सुविधालाई लक्षित गरिएको थियो”, इजरायली सेनाले भनेको छ ।
सेन्ट्रिफ्युजहरू युरेनियम संवर्धनका लागि महत्वपूर्ण छन् । यो संवेदनशील प्रक्रिया हो जसले आणविक रिएक्टरहरूका लागि इन्धन वा अत्यधिक विस्तारित रूपमा आणविक रिएक्टरको कोर उत्पादन गर्न सक्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…