२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण

५ असार २०८२, बिहीबार १६:२३

काठमाडौँ । भारतको गुजरातमा गएको साता दुर्घटनाग्रस्त एयर इन्डिया विमानको एउटा इन्जिन नयाँ र अर्को सर्भिसिङको अवधि डिसेम्बरसम्म बाँकी रहेको एयरलाइन्सका अध्यक्षले बताएका छन् ।

भारतीय समाचार च्यानललाई दिइएको एक अन्तर्वार्तामा एयरलाइन्सका अध्यक्ष एन. चन्द्रशेखरनले विमानका दुवै इन्जिनको विगत ‘स्वच्छ’ रहेको पनि बताए ।

“दायाँ इन्जिन मार्च २०२५ मा नयाँ राखिएको थियो । बायाँ इन्जिनको पछिल्लोपटक २०२३ मा सर्भिसिङ भएको र अर्को सर्भिसिङका निम्ति डिसेम्बर २०२५ सम्म बाँकी थियो,” उनले टाइम्स नाउ च्यानलको अन्तर्वार्तामा भने ।

गएको बिहीबार (जुन १२) लन्डनतर्फ जान लागेको बोइङ ७८७–८ ड्रिमलाइनर एआई १७१ विमान अहमदाबाद विमानस्थलबाट उडेको एक मिनेटभित्रै दुर्घटनाग्रस्त हुँदा कम्तीमा २७० जनाको मृत्यु भएको थियो ।

अनुसन्धानकर्ताले दुर्घटनाको कारण निर्धारण गर्न रेकर्ड गरिएको उडान डाटा र ककपिट अडियो ‘डिकोड’को काम गरिरहेका छन् ।

“सबै विज्ञले ब्ल्याक बक्स र रेकर्डरले निश्चित रूपमा कारण बताउने मलाई बताएका छन् । त्यसैले हामीले त्यसको लागि पर्खनुपर्छ,” चन्द्रशेखरनले भने ।

भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोका पूर्वअनुसन्धानकर्ता किशोर चिन्ताले विमानको इन्जिनको अवस्था विशेष गरी बोइङ ७८७–८ मा प्रयोग हुने जेनएक्स–१ बी का सन्दर्भमा आधारभूत रूपमा यसको उमेरसँग सम्बन्धित नहुने बीबीसीलाई बताए ।

यसको अर्थ इन्जिन नयाँ भएकाले यो स्वस्थ वा पुरानो हुँदा अस्वस्थ हुने भन्ने नहुने उनले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…