२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य

५ असार २०८२, बिहीबार १६:५४
काठमाडौँ । मुख्य युरोपेली शक्तिहरू फ्रान्स, जर्मनी र बेलायतका विदेशमन्त्रीहरू र युरोपेली सङ्घ (इयु) का कूटनीतिज्ञले शुक्रबार जेनेभामा आफ्ना इरानी समकक्षीसँग आणविक वार्ताको लक्ष्य राखेको युरोपेली कूटनीतिज्ञहरूले बताएका छन् ।
योजना गरिएको यो बैठक इरानको आणविक कार्यक्रमविरुद्ध इजरायलको बमबारी अभियानको सामना गर्दै युरोपेली देशहरूले तनाव कम गर्न आह्वान गरेको बेलामा आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानलाई आक्रमण गर्दा र तेहरानले मिसाइल प्रहारको जवाफ दिँदा इरानका आणविक सुविधाहरूविरुद्ध सैन्य कारबाहीका बारेमा विचार गरिरहेको चेतावनी दिनुभएको छ ।
इजरायलले आफ्नो हवाई अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको छ ।
इरानले ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको थियो । यो अन्तर्राष्ट्रिय शक्तिहरूसँगको सन् २०१५ को सम्झौताले तय गरेको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै, तर अझै पनि आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।
फ्रान्स, जर्मनी, बेलायत र इयु सबै सन् २०१५ को सम्झौतामा हस्ताक्षरकर्ता थिए । उक्त सम्झौतालई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा परित्याग गर्नुभएको थियो ।
इयुका विदेश नीति प्रमुख काजा कालासले इरानले आणविक बम विकास नगर्ने सुनिश्चित गर्न कूटनीति नै सबैभन्दा राम्रो मार्ग रहेको कुरामा जोड दिनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…