२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

९ असार २०८२, सोमबार १५:३१

युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेको एक दिनपछि युक्रेनले सोमबार राजधानी किएभमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ ।

“राजधानीमा अर्को आक्रमण भएको किएभको सैन्य प्रशासनका प्रमुख तिमुर ताकाचेन्कोले एक विज्ञप्तिमार्फत बताउनुभएको हो ।

गृहमन्त्री इगोर क्लेमेन्कोले सेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु हुनुका साथै आवासीय भवनको एक भाग ध्वस्त भएको तथा दक्षिणी बिला त्सेर्कवामा अर्को व्यक्तिको मृत्यु भएको बताउनुभएको छ ।

युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिरस्कीले रूसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेपछि पछिल्लो आक्रमण भएको हो ।

किएभले रूसविरूद्ध गरेको पछिल्लो आक्रमण ‘प्रभावकारी’ साबित भएको जनाउदै सिरस्कीले युक्रेनले रूसी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण जारी राख्ने बताउनुभयो ।

ऊर्जा र सैन्य पूर्वाधारलाई लक्षित गरी युक्रेनी पूर्वाधार र नागरिकमाथिको घातक रूसी आक्रमणहरूको उचित प्रतिक्रियासहित जवाफी हमला गरेको किएभले बताएको छ ।

पूर्वी युक्रेनी सहर क्रामटोस्र्कको एउटा अपार्टमेन्टमा भएको रूसी आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ । यसैगरी युक्रेनी सेनाको प्रशिक्षण मैदानमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य