२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीलङ्काद्वारा यस वर्ष सात करोड ६० लाख डलर बराबरको तस्करी गरिएको लागूऔषध बरामद

९ असार २०८२, सोमबार १६:४४
श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।
सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्री मार्गबाट टापुमा तस्करी भइरहेको बताउनुभयो ।
उहाँले दुई करोड २० लाख जनसङ्ख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुव्र्यसनी रहेको बताउनुभयो ।
“हामीले पत्ता लगाउने काम जारी राख्दै मागलाई घटाउन आवश्यक छ”, विजेपालाले कोलम्बोमा पत्रकारहरूलाई भन्नुभयो ।
जफत गरिएका लागूऔषधको मूल्य २३ अर्ब रुपैयाँ (सात करोड ६० लाख डलर) रहेको प्रहरी प्रमुख प्रियन्थ विरासुरियाले बताउनुभयो । त्यो सन् २०२४ मा जफत गरिएको २८ अर्ब रुपैयाँ मूल्यको लागूऔषधको नजिक थियो ।
विरासुरियाका अनुसार लागूऔषध कारोबार र तस्करी गरेको आरोपमा एक हजारभन्दा बढी मानिस पक्राउ परेका छन् । तीमध्ये एक ३८ वर्षीया थाई महिलालाई मे ३० मा कोलम्बो विमानस्थलमा करिब १० किलोग्राम (२२ पाउन्ड) कोकेन बोक्दा पक्राउ गरिएको थियो । यो श्रीलङ्काको प्रवेश विन्दुमा यो लागूऔषधको सबैभन्दा ठूलो पत्ता लागेको मामिला हो ।
गत महिना पनि बेलायत, भारत र थाइल्यान्डका अन्य तीन जनालाई करिब ६० किलोग्राम (एक सय ३२ पाउन्ड) सिन्थेटिक गाँजा तस्करी गर्ने प्रयासमा पक्राउ गरिएको थियो ।
कोकेनसहित पक्राउ परेकी थाई महिलासहित सबै चार संदिग्धलाई दोषी ठहरिएमा आजीवन कारावासको सजाय हुनसक्छ ।
श्रीलङ्काका अधिकारीहरूले पहिले देशको तटबाट ठूलो मात्रामा हेरोइन जफत गरेका छन् । यसले यो मुलुकलाई अन्य स्थानहरूका लागि निर्धारित लागूऔषधको ट्रान्जिट हबका रूपमा प्रयोग भइरहेको सुझाव दिन्छ ।
अक्टोबरमा श्रीलङ्काको अदालतले १० जना इरानी पुरुषलाई हेरोइन तस्करीमा दोषी ठहर गरेपछि आजीवन कारावासको सजाय सुनाएको थियो ।
श्रीलङ्काको सबैभन्दा ठूलो एकल लागूऔषध जफत सन् २०१६ डिसेम्बरमा भएको थियो । त्यस समयमा भन्सार विभागले भारत जाने काठको ट्रान्ससिपमेन्ट कन्टेनरमा आठ सय किलोग्राम कोकेन फेला पारेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…