३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रका ५० भन्दा बढी सैनिक स्थानीयको कब्जामा

९ असार २०८२, सोमबार १६:५८

काठमाडौँ । देशको दक्षिणपश्चिमको छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाहरूले आइतवार ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकहरूलाई बन्धक बनाई गिरफ्तार गरेको सेनाले जनाएको छ ।

सैनिकको प्लाटुनले मिके क्यानियने र यस क्षेत्रको नगरपालिकाको एक भाग एल टम्बोमा अपरेसन गरिरहेको समयमा स्थानीयले सेनालाई शनिबार नियन्त्रणमा लिएका हुन् ।

आइतबार एल प्लेटाडोतिर गइरहेको अवस्थामा सैनिकहरूको अर्को समूहलाई कम्तिमा २०० बासिन्दाहरूले घेराबन्दी गरेको जनाइएको छ ।

दुवै घटनामा चार गैर कमिसन अधिकृत र ५३ जना पेशेवर सैनिकहरू आफ्नो स्वतन्त्रताबाट वञ्चित रहेको सेनाले बताएको छ ।

कोलम्बियाका द्वन्द्वग्रस्त क्षेत्रहरूमा विद्रोही समूहहरूले समय समयमा नागरिकहरूलाई सुरक्षा बलको अघि बढ्नबाट रोक्नका लागि कारबाही गर्न आदेश दिन्छन्। । उनीहरूलाई सामान्यतया मानव अधिकार सङ्गठनहरूको हस्तक्षेप पछि घन्टौँ पछि रिहा गरिन्छ ।

जनरल फेडेरिको अल्बर्टो मेजियाले एक भिडियोमा यो समुदायमा घुसपैठ गरेका गुरिल्लाहरूले गरेको अपहरण भएको बताउनुभएको छ । तत्कालीन सरकारसँग सन् २०१६ को शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने असंतुष्ट समूह तथाकथित सेन्ट्रल जनरल स्टाफ (इएमसी) बाट किसानहरूले आदेश प्राप्त गरेको सेनाले जनाएको छ ।

राष्ट्रपति गुस्ताभो पेट्रोले आइतबार गुरिल्लाहरूको मेक्सिकन कार्टेलसँगको कथित सम्बन्धलाई उल्लेख गर्दै किसानहरूलाई विदेशीहरूको आज्ञा पालन गर्ने सशस्त्र समूहहरूमा विश्वास नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत भन्नुभयो, “हामी शान्ति विस्तार गर्न चाहन्छौँ तर सैनिकहरूलाई मुक्त गर्नु आवश्यक छ।”

पेट्रोले सशस्त्र बलले सम्पूर्ण मिके क्यानियनमा पहुँच सुनिश्चित गर्न महिनौँ देखि प्रयास गरिरहेको समेत बताउनुभएको छ । मार्चमा सोही क्षेत्रका स्थानीय बासिन्दाहरूले २८ जना प्रहरी अधिकारी र एक सैनिकलाई बन्धक बनाएका थिए उनीहरुलाई दुई दिनपछि रिहा गरिएको थियो ।

कोलम्बियाले पछिल्लो दशकमा खराब सुरक्षा सङ्कटको सामना गरिरहेको छ । पेट्रोले इएमसीसँग शान्ति वार्ता गर्ने प्रयास गरेपनि मुख्य नेता इभान मोर्डिस्कोले वार्ता अस्विकार गर्नुभएको छ ।
– – –

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता