२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिनेः जुन्टा प्रमुख

२०८२, १२ असार बिहीबार १३:००

म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन गर्ने योजना बनाएको बताउनुभएको छ ।

सन् २०२१ मा म्यान्मारको नागरिक सरकारलाई सत्ताच्युत गरेको सेनाले निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो । निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि म्यान्मामा सेनाप्रति बफादार (जुन्टा) सरकार र प्रजातन्त्र र स्वतन्त्रताका लागि सङ्घर्षरत दल तथा समूहबीच गृहयुद्ध निम्त्याएको थियो । जुन्टा सरकारले शान्तिको मार्गको रूपमा आफ्नो चुनावी योजनालाई अगाडी सारेको हो ।

पूर्ववर्ती सरकारका सदस्यहरू थुनिएका, विपक्षी समूहहरूले मतदान बहिष्कार गर्ने र जुन्टा विरोधी विद्रोहीहरूको नियन्त्रणमा रहेको देशको विशाल भूभागमा जुन्टा सरकारको नेतृत्वमा निष्पक्ष निर्वाचन असम्भव भएको पर्यवेक्षकहरूले बताएका छन् भने विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गर्ने बताइरहेका छन् ।

म्यान्माको सरकारी अखबार ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मार’का अनुसार जुन्टा प्रमुख मिन आङ ह्लाइङले बुधबार राजधानी नेपिडोमा आयोजित एक सम्मेलनमा ‘यस वर्षको डिसेम्बर र अर्को वर्षको जनवरीमा निर्वाचन हुने’ बताउनुभएको हो ।

जुन्टाले चरणबद्ध रूपमा निर्वाचन गर्ने योजना बनाएको छ वा छैन भन्ने स्पष्ट भएको छैन ।

बुधबार म्यान्मारको मानवअधिकार स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रुजले जुन्टाले ‘वैध नागरिक सरकार निर्माण गर्ने चुनावी अभ्यासको यो मृगतृष्णा सिर्जना गर्न खोजेको’ बताउनुभएको छ ।

जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै एन्ड्रुजले भन्नुभयो, “जब कुनै प्रशासनले आफ्ना विरोधीहरुलाई कैद, यातना र मृत्युदण्ड दिन्छ, पत्रकारको हैसियतमा सत्यको पक्षमा रिपोर्टिङ गर्नु गैरकानुनी बन्छ । म्यान्मामा जुन्टाको आलोचना गर्नु गैरकानुनी हुन्छ र यस्तो अवस्थामा चुनाव हुन सक्दैन ।”

हालैका महिनाहरूमा प्रजातन्त्र समर्थक समूह र शक्तिशाली जातीय सशस्त्र सङ्गठनहरूले जुन्टा प्रशासनको हस्तक्षेपबाट क्षेत्रीयरूपमा क्षति बेहोरेका छन्।

विश्लेषकहरूका अनुसार चीन र रुसको सैन्य समर्थनले उसलाई हारबाट जोगाइराखेको छ, तर देशको ठूलो क्षेत्र जुन्ताद्वारा आयोजित कुनै पनि लोकतान्त्रिक अभ्यासको पहुँचभन्दा बाहिर हुनेछ।

निर्वाचनको तयारीका लागि गत वर्ष गरिएको जुन्टा जनगणनाले देशको पाँच करोड १० लाख जनसङ्ख्यामध्ये एक करोड ९० लाखको तथ्याङ्क सङ्कलन गर्न नसकेको स्वीकार गरेको थियो ।

“हामी अहिले चुनावलाई सकेसम्म निष्पक्ष र व्यापकरूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छौं,” म्यान्मारको ग्लोबल न्यू लाइट सम्मेलनमा आफ्नो लिखित भाषणमा जुन्टा प्रमुख मिन आङ ह्लाइङले भन्नुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा महत्वपूर्ण कुरा, निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह