२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

२०८२, १२ असार बिहीबार १५:३३

उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन सम्भवतः जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउने दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बिहीबार बताएका छन्।

उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रको पुनस्र्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताउनुभएको थियो । उहाँको भनाइ एक सातापछि पुष्टि भएको हो ।

“उत्तर कोरियाले रुसलाई आफ्नो सेना पठाउने र हतियार आपूर्ति गर्ने क्रम जारी राखेको छ र कुस्र्कलाई पुनः कब्जामा लिने मस्कोको प्रयासमा उसको सहयोगले महत्वपूर्ण भूमिका खेलेको हामीले देखेका छौं,” दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले गुप्तचर निकायको जानकारीलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भन्नुभयो ।

“गत वर्षको अक्टोबरमा ११ हजार सैनिक पठाएपछि रुसले कुस्र्कको पुनर्निर्माणमा सहयोग गर्न चार हजार सैनिक र थप छ हजार निर्माणशक्ति परिचालन गर्ने घोषणा गरिसकेको छ,” लीले भन्नुभयो ।

राष्ट्रिय गुप्तचर सेवाको आँकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको सुरुमा हुन सक्छ’।

“यसको प्रमाण के हो भने शोइगुले अघिल्लो तैनाथीको समयमा पनि लगभग एक महिना अघि प्योङयाङको भ्रमण गर्नुभएको थियो र अहिले पनि त्यो देखिन्छ,” लीले भन्नुभयो ।

तयारी पहिले नै चलिरहेको सङ्केत गर्दै उहाँले भन्नुभयो, “उत्तर कोरियाले रुस पठाउनका लागि लागि कर्मचारीहरू चयन गर्न सुरु गरिरहेको जानकारी छ।”

तीन वर्षभन्दा लामो युक्रेनी आक्रमणका क्रममा उत्तर कोरिया रुसको प्रमुख सहयोगी बनेको छ र कुस्र्कबाट युक्रेनी सेनालाई पछि हटाउन क्रेमलिनलाई सहयोग गर्न हजारौं सैनिक र कन्टेनरभर हतियार पठाएको छ ।

“उत्तर कोरियाले रुसलाई जहाज र सैन्य विमानबाट वितरण गरिने क्षेप्यास्त्र र लामो दूरीको रकेट प्रणालीसहित अनुमानित करोडौं तोपका गोला उपलब्ध गराएको विश्वास गरिन्छ,” लीले भन्नुभयो ।

गत वर्ष रुसी नेता भ्लादिमिर पुटिनको आणविक शक्ति सम्पन्न उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा रुस र उत्तर कोरियाबीच पारस्परिक प्रतिरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

दक्षिण कोरियाली गुप्तचर सेवालाई उद्धृत गर्दै लीले भन्नुभयो, “अहिलेसम्म रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।”

प्योङयाङले गत अप्रिलमा पहिलो पटक युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना तैनाथ गरेको पुष्टि गरेको थियो ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले थप सहयोगको योजनाको पुष्टि गर्नुभएको छ तर विस्तृत विवरण भने दिनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह