२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ऊर्जा सङ्कटसँग जुध्न बङ्गलादेशले सौर्य ऊर्जाको प्रयोग गर्दै

१३ असार २०८२, शुक्रबार १५:०४

बङ्गलादेशका अन्तरिम सरकारले देशले चरम गर्मी र विद्युत् अभावको दीर्घकालीन समाधानका लागि सबै सरकारी संस्थालाई सोलार प्यानल जडान गर्न आदेश दिएको छ ।

विद्युत्को गम्भीर अभाव भोगिरहेको १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाबाट २० प्रतिशत विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसलाई चार गुणाले वृद्धि गर्दै सन् २०४० सम्ममा ३० प्रतिशत पु¥याउने लक्ष्य बङ्गलादेशको छ ।

अन्तरिम नेता मोहम्मद युनुसको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेश उर्जाका हिसाबले आफ्ना छिमेकी मुलुकभन्दा निकै पछाडि परेको छ ।”

“छिमेकी भारतमा कुल आवश्यकताको २४ प्रतिशत र श्रीलङ्कामा करिब ४० प्रतिशत हिस्सा नवीकरणीय स्रोतबाट पूरा भइरहेको तर हाम्रो कुल आवश्यकताको ५.६ प्रतिशत मात्र यसबाट पूरा भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।

सरकारको रुफटप सोलार कार्यक्रमअन्तर्गत सबै सरकारी कार्यालय, विद्यालय, कलेज र अस्पताललाई तत्काल प्यानलसहितको सोलार जडान गरिने बिहीबार अबेर जारी उक्त विज्ञप्तिमा उल्लेख छ ।

पूर्व प्रधानमन्त्री शेख हसिनाले सरकारी शक्ति निकायको प्रयोग गरेर प्यानल स्थापना गर्न असफल भएको अवस्थामा यी प्यानलहरू निजी क्षेत्रका कम्पनीले स्थापना र सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

“निजी क्षेत्रले समग्र मर्मतसम्भार सम्हाल्नेछ र प्रणालीलाई आफ्नो व्यावसायिक स्वार्थका लागि सञ्चालन गर्नेछ“, विज्ञप्तिमा अगाडि भनिएको छ ।
“सरकारले उनीहरूलाई छतमा पहुँच मात्र उपलब्ध गराउनेछ,” उहाँले भन्नुभयो ।

सरकारले कूल पाँच हजार २३८ मेगावाट क्षमताका ५५ वटा सौर्य ऊर्जा आयोजनाका लागि टेन्डर प्रक्रिया समेत शुरु गरेको छ ।

बङ्गलादेशले छिमेकी मुलुक भारतबाट सीमापार विद्युत् आयातमा धेरै निर्भर गर्दछ भने आवश्यकतालाई सम्बोधन गर्न नेपालबाट विद्युत आयात गर्छ । बङ्गलादेशका विद्युतका उपभोक्ताहरू गर्मीमा चिसो रहनको लागि प्रशस्त ऊर्जाको अभावग्रस्त एयर कन्डिसनरमा निर्भर हुन्छन्।

ढाकाले सन् २०१७ मा रूपपुरमा रुससमर्थित आणविक प्लान्टको निर्माण पनि सुरु गरेको थियो । दुई हजार ४०० मेगावाट क्षमताको यो आयोजना पूर्णरुपमा सञ्चालनमा आउँदा यो नै बङ्गलादेशको सबैभन्दा ठूलो विद्युत् गृह हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य