२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुडानमा अर्धसैनिक बलको आक्रमणमा १३ जना सर्वसाधारणको मृत्यु

१४ असार २०८२, शनिबार १५:२०

काठमाडौं । पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक समर्थन बल (आरएसएफ) ले गरेको आक्रमणमा शुक्रबार कम्तिमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्वयंसेवक समूहले जनाएको छ ।

शुक्रबार एल फासेरमा आरएसएफले आक्रमण गर्दा तीन बालबालिका सहित उनीहरुको मृत्यु भएको एक स्वयंसेवक समूह सुडानीज डाक्टर नेटवर्कले एक विज्ञप्ति मार्फत बताएको हो ।

सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफ दुवैलाई युद्धविराम लागू गर्न आह्वान गर्दै यसले सहरमा भएको आक्रमण र कडा घेराबन्दीले हजारौँ बालबालिका, महिला तथा वृद्धहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेको जनाएको छ ।

यसैबीच, एल फासेरमा प्रतिरोध समितिले एक विज्ञप्तिमा एल फासेर आरएसएफले गरेको विस्फोट र आक्रमणले आवासीय क्षेत्रमा तनाव थपेको जनाएको छ ।

विज्ञप्तिमा घटनाको परिणामस्वरूप महिला र बालबालिका सहित धेरै निशस्त्र नागरिकहरूको मृत्यु हुनुका साथै दर्जनौं गम्भीर घाइते भएका छन् ।

केही घाइतेहरूलाई सहरको मुख्य अस्पतालमा लगिएको छ, जुन हाल औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको छ।

आरएसएफले २०२४ मे देखि एल फासेरमा अवरोध गरिरहेको छ, जसमा दैनिक जसो गोलाबारी र आरएसएफ र एसएएफ दुवै संलग्न तीव्र सहरी लडाइँहरू समावेश छन्। ।

एल फासेरले डार्फर क्षेत्रका लागि प्रमुख प्रशासनिक केन्द्र तथा दारफुर राज्यको राजधानी हो जुन आरएसएफ नियन्त्रण बाहिर छ ।

सुडान सन् २०२३ अप्रिल देखि एसएएफ र आरएसएफ बीचको द्वन्द्वमा फसेको छ। युद्धले दशौँ हजारको ज्यान लिनु का साथै लाखौँलाई सुडानभित्र तथा यसको सीमापार घर छोड्न बाध्य पारेको छ ।

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य