२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता: आइओएम

१६ असार २०८२, सोमबार १५:१२

जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् । तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ ।

जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

सन् २०२५ जनवरीदेखि जुन २८ सम्म छ लाख ९१ हजार ४९ जना मानिसहरू फर्केको र उनीहरुमध्ये ७० प्रतिशतलाई जबरजस्ती फिर्ता पठाइएको उहाँले बताउनुभयो ।

अफगानीहरूले बढ्दो निर्वासन र मे महिनामा इरानले घोषणा गरेको जुलाई ६ सम्मको समयसीमाका कारण पछिल्लो समयमा स्वदेश फर्कनेहरूको सङ्ख्या बढेको जनाइएको छ ।

गत हप्ताको धेरै दिनसम्म यो सङ्ख्या दैनिक ३० हजारको हाराहारीमा रहेको आइओएमले जनाएको छ ।

हालको फिर्ता दरको दैनिक तथ्याङ्क लगभग छ देखि सात हजार रहेकोमा समयसीमा अघि सङ्ख्या बढ्ने अपेक्षा गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका सीमा अधिकारीले जनाएका छन् ।

आइतवार एकैदिन दुई हजार ९९७ अफगान परिवारका दश हजार ६६१ सदस्यहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट स्वदेश फर्केको अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले सोमबार जनाएको छ ।

शरणार्थाी पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नान्गाहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा हुँदै घर फर्केका छन्।

स्रोतका अनुसार अधिकांश आप्रवासीहरू इरानबाट इस्लाम काला सिमा हुँदै फर्केका हुन्।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका अनुसार सन् २०२५ सम्ममा १२ लाखभन्दा बढी अफगानीहरू छिमेकी देश इरान र पाकिस्तानबाट फर्केका छन्।

अफगान अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीका रूपमा विदेशमा नबस्न र आफ्नो मातृभूमिको पुनः र्निर्माणमा योगदान गर्न घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…