२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान

२०८२, १६ असार सोमबार १७:०४
काठमाडौँ । इरानका उप–विदेशमन्त्री माजिद तख्न–रावान्चीले आइतबार साँझ बिबिसीलाई अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने आश्वासन नदिएसम्म वासिङ्टन र तेहरानबीच कूटनीतिक वार्ता पुनः सुरु हुन नसक्ने बताउनुभएको छ ।
उहाँले बेलायती प्रसारणकर्तालाई इरानका तीन आणविक सुविधामा आक्रमण गरेको एक हप्तापछि अमेरिकाले वार्ताको टेबलमा फर्कन चाहेको सङ्केत गरेको बताउनुभयो ।
“हामी कुनै पनि मितिमा सहमत भएका छैनौँ, हामी विधिमा सहमत भएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले हामी यस प्रश्नको उत्तर खोजिरहेका छौँ । के हामी संवादमा संलग्न हुँदा आक्रामकताको पुनरावृत्ति देख्नेछौँ ?”
अमेरिकाले ‘यो अत्यन्त महत्त्वपूर्ण प्रश्नमा एकदम स्पष्ट’ हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
यस महिनाको सुरुमा इजरायलले इरानका आणविक स्थलहरू र सैन्य पूर्वाधारमा आक्रमण गर्दा इरान र अमेरिका तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्तामा थिए । जुन २१ मा तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फाहानमा बमबारी गरेर अमेरिका उक्त आक्रमणमा सामेल भयो ।
उपविदेशमन्त्रीले अमेरिकाले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई लक्षित गरेर ‘शासन परिवर्तनमा संलग्न हुन नचाहेको’ सङ्केत दिएको बिबिसीलाई खुलासा गर्नुभयो ।
तख्त–रावान्चीले इरानलाई अझै पनि युरेनियम संवर्धन गर्न अनुमति दिइनुपर्ने पनि बताउनुभयो ।
“यसको स्तरबारे छलफल गर्न सकिन्छ, क्षमताको बारेमा छलफल गर्न सकिन्छ, तर तपाईंसँग संवर्धन हुनु हुँदैन, तपाईंसँग शून्य संवर्धन हुनुपर्छ, र यदि तपाईं सहमत हुनुहुन्न भने, हामी तपाईंमाथि बम प्रहार गर्नेछौँ भन्नु, यो जङ्गलको कानून हो”, उहाँले भन्नुभयो ।
इजरायलले इरानको आणविक कार्यक्रम बम उत्पादन गर्न नजिक रहेको दाबी गरेको छ भने तेहरानले यो शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूर्ण रूपमा नष्ट’ भन्नु भएपनि इरानको आणविक सुविधाहरूमा भएको आक्रमणले कति क्षति पुर्‍याएको छ भन्ने अझै स्पष्ट भएको छैन ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले इरानले ‘केही महिनाभित्र’ समृद्ध युरेनियम उत्पादन गर्न सक्ने बताउनुभएको छ ।
तख्त–रावान्चीले कति समय लाग्ने हो थाहा नभएको बताउनुभयो ।
सन् २०१५ को सम्झौताअनुसार इरानलाई व्यावसायिक आणविक उर्जा संयन्त्रका लागि तीन दशमलव ६७ प्रतिशतभन्दा कम शुद्धताको युरेनियम उत्पादन गर्न अनुमति दिइएको थियो ।
ट्रम्पले सन् २०१८ मा सम्झौता त्याग्नुभयो र इरानले नागरिक प्रयोगका लागि स्तरभन्दा माथि तर अझै पनि हतियार ग्रेडभन्दा तल ६० प्रतिशतसम्म समृद्ध युरेनियम उत्पादन गरेर जवाफ दियो ।
त्यो सामग्री, यदि थप परिष्कृत गरियो भने, सैद्धान्तिक रूपमा नौ भन्दा बढी आणविक बमहरू उत्पादन गर्न पर्याप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह