२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

१८ असार २०८२, बुधबार १६:३८

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको बताउनुभएको छ ।

ट्रम्पले हमासलाई युद्धविराम सम्झौता अस्वीकार नगर्न चेतावनी दिँदै अस्विकार गरेमा राम्रो नहुने जनाउनुभएको छ ।

ट्रम्पका अनुसार कतार र इजिप्टले शान्तिका लागि मद्दत र मेहनत गरी, अन्तिम प्रस्ताव दिने र प्रस्तावित युद्धविराम अवधिमा युद्ध अन्त्यका लागि वार्ता जारी रहने पनि उहाँले बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभयो, “मेरा प्रतिनिधिहरूले गाजामा आज इजरायलीहरूसँग लामो र फलदायी बैठक गरे । इजरायलले ६० दिने यिुद्धविरामका लागि अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ ।”

उहाँले अगाडि लेख्नुभएको छ, “यस अवधिमा हामी युद्धको अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्नेछौ । कतार र इजिप्टवासीले शान्तिका लागि अन्तिम प्रस्ताव दिने आशा गर्दछु, । मध्यपूर्वको शान्तिको लागि, हमासले यो सम्झौतामा सहमत हुनेछ ।”

यो घोषणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको जुलाई ७ मा हुने भनिएको अमेरिका भ्रमणको एक हप्ताभन्दा कम समय बाँकी रहँदा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…