२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा ९०० भन्दा बढी भूकम्पका झड्कापछि टापुवासीको निद्रा भङ्ग

१८ असार २०८२, बुधबार १६:४९

काठमाडौँ । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ ।

भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।

भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भन्नुभयो, “जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ ।

“आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ”, उहाँले भन्नुभयो, “यसको अन्त्य कहिले हुन्छ अनुमान गर्न कठिन भएको छ ।”

टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, “लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दाहरूमा ठुलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।”

एक स्थानीयले क्षेत्रीय प्रसारक एमबीसीसँग भने, “यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ। निदाउन पनि धेरै डरलाग्दो अवस्था छ।”
“यो सबै कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट छैन। मैले आफ्ना बच्चाहरूलाई अन्यत्र सार्ने वा घर खाली गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने भएको छ,” अर्का एक बासिन्दाले भने।

जेएमएका अनुसार यसअघि, सेप्टेम्बर २०२३ मा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो ।

दूरदराजका १२ वटा टोकारा टापुमध्ये सातवटामा करिब ७०० जना बसोबास गर्छन्।

प्रशान्त महासागरको ’रिङ अफ फायर’ को पश्चिमी किनारामा चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको जापान भूकम्पीय दृष्टिले विश्वको सबैभन्दा बढी जोखिमयुक्त देशमध्ये एक हो ।

करिब १२ करोड ५० लाख मानिसको बसोबास रहेको यस द्वीपसमूहमा हरेक वर्ष करिब एक हजार ५०० झट्काहरू आउने गर्दछन् र विश्वका १८ प्रतिशत भूकम्पहरू जाने गरेका छन् ।

तिनीहरूले निम्त्याउने क्षति तिनीहरूको स्थान र तिनीहरूले प्रहार गर्ने गहिराइअनुसार फरक–फरक हुन्छन्।

सन् २०२४ को नयाँ वर्षको दिन मध्य जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा परी करिब ६०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’