२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

१८ असार २०८२, बुधबार १७:१८

युरोपेली सङ्घ (इयू) का विदेश मामिला प्रमुख काजा कल्लासले यसै महिनाको अन्त्यमा ब्रसेल्समा हुने नेताहरूको शिखर सम्मेलनअघि चीनका शीर्ष कूटनीतिज्ञबीच ब्रसेल्समा भएको वार्तालाई मध्यनजर गर्दै युरोपको सुरक्षालाई कमजोर नबनाउन बेइजिङसँग आग्रह गर्नुभएको छ ।

“चीन हाम्रो विरोधी होइन, तर सुरक्षाको सवालमा हाम्रो सम्बन्ध तनावमा छ,” चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटअघि कल्लासले भन्नुभयो ।

उहाँले भन्नुभयो, “युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिन चिनियाँ कम्पनीहरू मस्कोको लागि लाइफलाइन हुन् । बेइजिङले साइबर आक्रमण गर्छ, हाम्रो लोकतन्त्रमा हस्तक्षेप गर्छ र अनुचित व्यापार गर्छ । यी कार्यहरूले युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्याउँछ ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युरोपेली सङ्घका शीर्ष अधिकारीबीच बेइजिङमा हुन लागेको शिखर वार्ताको तीन हप्ताअघि वाङ ब्रसेल्स जानुहुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर युद्ध सुरु गरेर प्रमुख व्यापारिक शक्तिहरूलाई तर्साएको बेला ईयूले चीनसँग सम्बन्ध सुधारको ढोका खोलेको छ । तर सुधारको साटो ब्रसेल्स र बेइजिङबीच चीनको कथित अनुचित अभ्यासलाई लिएर व्यापार विवाद झनै चर्केको छ ।

२७ राष्ट्रहरूको समूहले अझै पनि चीनमार्फत रूसको सेनामा महत्वपूर्ण प्रविधिको प्रवाह भइरहेको भनी विरोध गरिरहेको छ ।

कल्लासले भन्नुभयो, “युरोपसँग घनिष्ठ सम्बन्ध कायम गर्न खोज्दा युरोपमा युद्धलाई सहयोग गर्नु एउटा विरोधाभास हो जुन बेइजिङले सम्बोधन गर्नु पर्दछ ।”

अस्थिर विश्वमा बेइजिङले आफ्नो बढ्दो शक्तिलाई अन्तर्राष्ट्रिय कानुनको पालनाका लागि प्रयोग गर्नुपर्छ ।

बेइजिङलाई दबाब दिने प्रयासस्वरुप युरोपेली सङ्घ (इयू) ले मस्कोको युद्ध प्रयासमा सहयोग गरेको आरोप लागेका चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ । तर इयूका अधिकारीहरू बेइजिङलाई मस्कोसँगको महत्वपूर्ण रणनीतिक साझेदारीबाट हटाउन असफल भएको स्वीकार्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’