२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रमुख गार्मेन्ट उत्पादक बङ्गलादेशको आँखा अमेरिकी व्यापार सम्झौतामा

२०८२, १९ असार बिहीबार १४:४९
काठमाडौँ । विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशले आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर भन्सार शुल्कहरू लागु हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्ने लक्ष्य राखेको देशको शीर्ष वाणिज्य अधिकारीले बताएका छन् ।
व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरिरहेको छ । व्यापार घाटालाई ट्रम्पले आफ्नो ‘मुक्ति दिवस’ घोषणामा पीडादायी कर लगाउने कारणका रूपमा प्रयोग गर्नुभएको थियो ।
“हामीले पारस्परिक व्यापार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएका छौँ”, सरकार ‘जित–जितको सम्झौतामा पुग्न आशावादी’ भएको उल्लेख गर्दै महबुबुर रहमानले बुधबार भन्नुभयो ।
रहमानले जुलाई ८ का लागि दुवै देशका अधिकारीहरूबीचको बैठक तय भएको बताउनुभयो । अमेरिकाले बङ्गलादेशको रेडिमेड गार्मेन्ट निर्यातको २० प्रतिशत हिस्सा ओगटेको छ ।
कपडा र गार्मेन्ट उत्पादनले बङ्गलादेशमा निर्यातको लगभग ८० प्रतिशत ओगट्छ र गत वर्ष सरकारलाई ढालेको विद्यार्थी नेतृत्वको क्रान्तिमा नराम्ररी प्रभावित भएपछि उद्योग पुनर्निर्माण गरिरहेको छ ।
ट्रम्पले आफ्नो अप्रिल २ को घोषणामा बङ्गलादेशलाई ३७ प्रतिशत करका साथ प्रहार गर्नुभयो । यो कपास उत्पादनहरूमा पहिले नै राखिएको १६ प्रतिशतभन्दा दोब्बर हो ।
उहाँले अन्य विश्वव्यापी व्यापारिक साझेदारहरूसँग गरेजस्तै जुलाई ९ सम्म भन्सार शुल्कहरूको परिचय निलम्बन गर्नुभयो । यद्यपि आधारभूत १० प्रतिशत भन्सार शुल्क यथावत राखिएको छ ।
बङ्गलादेश बैंक र राष्ट्रिय राजस्व बोर्डका अनुसार सन् २०२४ मा बङ्गलादेशले अमेरिकामा आठ अर्ब ३६ करोड डलर मूल्यका सामान निर्यात गरेको थियो भने त्यहाँबाट दुई अर्ब २१ करोड डलरको आयात भएको थियो ।
– विमान, तेल, कपास –
“व्यापार अन्तर कम गर्ने पहलको एक हिस्साका रूपमा, सरकारले पहिले नै ठूलो मात्रामा गहुँ आयात गर्ने, अमेरिकी निर्माता बोइङबाट १४ वटा विमान खरिद गर्ने, कपास र अमेरिकी फार्महरूबाट थप तेल र ग्यास खरिद गर्ने निर्णय गरिसकेको छ”, रहमानले भन्नुभयो ।
उहाँले प्रस्तावित सम्झौताको सही समय वा विस्तारको बारेमा थप विवरण दिनुभएन, तर सम्झौतामा पुग्न सरकारले लगभग २८ वटा बैठक र कागजात आदानप्रदान गरेको बताउनुभयो ।
अन्तरिम नेता मुहम्मद युनुसले सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गर्नुभयो र ढाकाले ‘राष्ट्रपति ट्रम्पको व्यापार एजेन्डालाई प्रभावकारी रूपमा प्रतिक्रिया दिन उपायहरूको प्याकेजलाई अन्तिम रूप दिन तपाईँका अधिकारीहरूसँग काम गरिरहेको’ बताउनुभयो ।
गार्मेन्ट निर्माताहरूको राष्ट्रिय मञ्च बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का अध्यक्ष महमुद हसन खानले कुनै पनि सम्झौताका बारेमा चिन्ता व्यक्त गर्नुभयो ।
“पहिले नै लागु गरिएको अतिरिक्त १० प्रतिशत भन्सार शुल्कले हाम्रा निर्यातकहरूलाई असर गरिरहेको छ र यदि यो अगाडि बढ्यो भने हामीले अमेरिकी क्रेताहरू गुमाउन सक्छौँ”, उहाँले चेतावनी दिनुभयो ।
तर बङ्गलादेश निटवेयर म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिकेएमइए) का अध्यक्ष मोहम्मद हातेमले आफू आशावादी रहेको बताउनुभयो ।
“हामी जुलाई ९ अघि अमेरिकी भन्सार शुल्कमा सकारात्मक परिणामको आशा गर्दछौँ”, उहाँले भन्नुभयो, “अमेरिकी प्रशासनले भन्सार शुल्क संशोधन नगरे अस्थायी समस्या हुनेछ । तर यसले धेरै हदसम्म र अन्ततः अमेरिकी क्रेताहरूलाई असर गर्नेछ, किनकि उनीहरूले उच्च मूल्यमा सामानहरू किन्नुपर्ने हुन्छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह