२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको ठूलो जित: ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पारित

२० असार २०८२, शुक्रबार १२:०६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पारित भएको छ। अमेरिकी राष्ट्रिय राजनीतिमा यसलाई ट्रम्पको ठूलो जितका रूपमा हेरिएको छ।

हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन)ले बिहीबार दिउँसो २१८ विरुद्ध २१४ मतले यो विधेयक पारित गरेको हो । त्यसअघि मंगलबार सेनेट (माथिल्लो सदन) मा यसले अनुमोदन पाइसकेको थियो।

राष्ट्रपति ट्रम्पले आफ्नो रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको कंग्रेसलाई ४ जुलाईसम्म हस्ताक्षर गरेर यो विधेयकलाई कानुन बनाउने समयसीमा दिएका थिए।

कंग्रेसको बजेट कार्यालयले यो विधेयकका कारण आगामी १० वर्षमा संघीय घाटा ३.३ ट्रिलियन डलरले बढ्न सक्ने अनुमान गरेको छ । त्यस्तै, यसबाट लाखौं मानिसहरू स्वास्थ्य बीमाबाट वञ्चित हुन सक्ने अनुमान गरिएको छ । यद्यपि ह्वाइट हाउसले यस दाबीलाई अस्वीकार गरेको छ।

विधेयक पारित भएपछि बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो विधेयकले देशलाई तीव्र गतिमा अगाडि बढाउनेछ।’ उनले थपे, ‘यो देशका लागि एक उत्कृष्ट विधेयक हुनेछ।’

४ जुलाई (अमेरिकाको स्वतन्त्रता दिवस) का दिन राष्ट्रपति ट्रम्पको हस्ताक्षरसहित यो विधेयकलाई औपचारिक रूपमा कानुन बनाइने आकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’