२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको ठूलो जित: ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पारित

२०८२, २० असार शुक्रबार १२:०६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पारित भएको छ। अमेरिकी राष्ट्रिय राजनीतिमा यसलाई ट्रम्पको ठूलो जितका रूपमा हेरिएको छ।

हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन)ले बिहीबार दिउँसो २१८ विरुद्ध २१४ मतले यो विधेयक पारित गरेको हो । त्यसअघि मंगलबार सेनेट (माथिल्लो सदन) मा यसले अनुमोदन पाइसकेको थियो।

राष्ट्रपति ट्रम्पले आफ्नो रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको कंग्रेसलाई ४ जुलाईसम्म हस्ताक्षर गरेर यो विधेयकलाई कानुन बनाउने समयसीमा दिएका थिए।

कंग्रेसको बजेट कार्यालयले यो विधेयकका कारण आगामी १० वर्षमा संघीय घाटा ३.३ ट्रिलियन डलरले बढ्न सक्ने अनुमान गरेको छ । त्यस्तै, यसबाट लाखौं मानिसहरू स्वास्थ्य बीमाबाट वञ्चित हुन सक्ने अनुमान गरिएको छ । यद्यपि ह्वाइट हाउसले यस दाबीलाई अस्वीकार गरेको छ।

विधेयक पारित भएपछि बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो विधेयकले देशलाई तीव्र गतिमा अगाडि बढाउनेछ।’ उनले थपे, ‘यो देशका लागि एक उत्कृष्ट विधेयक हुनेछ।’

४ जुलाई (अमेरिकाको स्वतन्त्रता दिवस) का दिन राष्ट्रपति ट्रम्पको हस्ताक्षरसहित यो विधेयकलाई औपचारिक रूपमा कानुन बनाइने आकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह