२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति नभएको ट्रम्पको भनाइ

२० असार २०८२, शुक्रबार १३:०९

काठमाडौँ । युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफुले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो ।

“हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै लामो फोन संवाद गरेका छौँ । यो साँच्चै नै धेरै लामो कल थियो । फोनवार्तामा हामीले इरानसहित धेरै बिषयमा कुरा गर्‍यौँ र हामीले युक्रेनसँगको युद्धको बारेमा पनि कुरा गर्‍यौँ । म छलफलबाट खुसी छैन,” राष्ट्रपति ट्रम्पले गरेको पत्रकार सम्मेलनमा उनीहरूलाई बताउनुभयो ।

युद्ध अन्त्यका लागि कुनै सम्झौताको नजिक पुग्नुभएको छ कि भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, “अहँ, मैले उहाँसँगको वार्तामा युक्रेन युद्धबारे कुनै प्रगति भएको महसुस गनै सकिन ।”

अमेरिकी रिपब्लिकन नेता ट्रम्पको यो संवादप्रतिको दृष्टिकोण असामान्य रूपमा निराशाजनक देखिएको छ । जनवरीमा सत्तामा फर्केपछि पुटिनसँग यसअघि भएका पाँच वटा वार्तापछि उहाँले सम्झौताको दिशामा प्रगतिको आशा देखिएको बताउनुभएको थियो ।

रुसी नेता पुटिनप्रति प्रारम्भिक दृष्टिकोण राखेपछि उहाँले युद्ध अन्त्यका लागि रूसी नेताको धारणाप्रति निराशा व्यक्त गर्नुभयो । हालैका हप्ताहरूमा उहाँले इरान–इजरायल द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको प्रस्तावलाई अस्वीकार गर्नुभएको थियो भने पुटिनलाई युक्रेन युद्धमा ध्यान केन्द्रित गर्न सुझाब दिनुभएको थियो ।

उक्त वार्ता करिब एक घण्टासम्म चलेको र पुटिनले रुसको लक्ष्यलाई नछोड्ने दृढता व्यक्त गर्नुभएको मस्कोबाट क्रेमलिन स्रोतले दिएको जानकारीमा उल्लेख गरिएको छ ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले भन्नुभयो, “हाम्रा राष्ट्रपतिले रुसले तय गरेको लक्ष्य हासिल गर्ने बताउनुभएको छ । रुसले यी लक्ष्यहरु त्याग्ने छैन ।”

मस्कोले लामो समयदेखि युक्रेनमा आफ्नो अधिकतमवादी उद्देश्यलाई द्वन्द्वको ‘मूल कारण’ बाट छुटकारा पाउनको लागि भएको बताउँदै आएको छ, तर, किएभले उसको नाटोको सदस्यता प्राप्त गर्ने महत्वाकाङ्क्षाहरू त्याग्न माग गर्दै आएको छ।

 

युक्रेनमा मस्कोले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेयता लाखौं मानिसको ज्यान लिइसकेको छ र अहिले रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभागमा नियन्त्रण जमाएको छ ।

पुटिनले ट्रम्पसँग युक्रेनमा शान्ति स्थापनाका लागि युद्धविराम गर्ने बिषयमा मस्कोले वार्तालाई निरन्तरता दिइरहने बताउनुभएको छ ।

उशाकोभले भन्नुभयो, “उहाँले वार्ता प्रक्रियालाई निरन्तरता दिन रुसी पक्ष तयार रहेको पनि बताउनुभयो । हामी द्वन्द्वको राजनीतिक संवाद र वार्ताबाट समाधान खोजिरहेका छौँ ।

मस्कोले महिनौँदेखि युक्रेनमा अमेरिकाले प्रस्ताव गरेको युद्धविराममा सहमत हुन अस्वीकार गर्दै आएको छ ।

किएभ र उसका पश्चिमी सहयोगीहरूले पुटिनले युक्रेनमा रुसको प्रगतिलाई अगाडि बढाउने क्रममा प्रक्रियालाई बाहिर निकालेको आरोप लगाउँदै आएका छन् ।

रुसको सहयोगी इरानमा अमेरिकाले आणविक आक्रमण गरेपछि पुटिनले मध्यपूर्वका सबै द्वन्द्व ’कूटनीतिक तवरले’ समाधान गरिनुपर्नेमा ट्रम्पसँगको वार्तामा ‘जोड’ दिएको क्रेमलिनले जनाएको छ ।

वासिङ्टनले पश्चिमी सैन्य सहयोगमा निर्भर रहेको किएभलाई झट्का दिँदै केही हतियार ढुवानी रोक्ने निर्णय गरेको केही दिनपछि यो कुराकानी भएको हो ।

युक्रेनमा बिहीबार भएको रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको किएभले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयू) का शीर्ष अधिकारीसँग भेटवार्ता गर्नुभएको छ । जेलेन्स्कीले डेनमार्कमा युरोपेली सङ्घका सहयोगीहरूलाई अमेरिकी सैन्य सहायताको बारेमा उब्जिएको शङ्काले ब्रसेल्स र नेटोसँग अझ बढी सहयोगको आवश्यकतालाई बलियो बनाएको बताउनुभयो ।

उहाँले किएभले ट्रम्पको ‘बिनाशर्त युद्धविराम’लाई सधैँ समर्थन गरेको पनि बताए । युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्प र जेलेन्स्कीले शुक्रबार एकअर्कासँग कुरा गर्ने योजना बनाएका थिए । बुधबार किएभले ह्वाइट हाउस र पेन्टागनले केही हतियार ढुवानी रोकेपछि त्यसको असरबारे वासिङ्टनसँग स्पष्ट पार्न खोजेका थिए। जेलेन्स्कीले भन्नुभएको थियो, “युक्रेन, हाम्रो रक्षा र हाम्रा जनताका लागि अमेरिकाको निरन्तर समर्थन हाम्रो साझा हितमा छ ।”

रूसले पश्चिमा देशहरुलाई किएभमा हतियार नपठाउन निरन्तर आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य