२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानद्वारा घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि हवाई क्षेत्र खुला

२० असार २०८२, शुक्रबार १५:३९
शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ ।
“मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ”, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ ।
इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थलबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू स्थानीय समयानुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।
साथै, इस्फहान र तब्रिज विमानस्थलको पूर्वाधार तयार भएपछि यी दुई विमानस्थल पनि देशको हवाई यातायात नेटवर्कमा सामेल हुनेछन् ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले गत महिना इजरायल र इरानबीच युद्धविराम लागु भएपछि इरानी तेल निर्यातविरुद्ध बिहीबार नयाँ प्रतिबन्धको शृङ्खला जारी गरेको अल जजिराले जनाएको छ ।
प्रतिबन्धले लक्षित गर्नेहरूमध्ये इराकी व्यापारी सलिम अहमद सइद र उहाँको संयुक्त अरब इमिरेट्समा आधारित कम्पनी पनि छन् । सइदमाथि अमेरिकाले इराकी तेलमा मिसाएर इरानी तेल तस्करी गरेको आरोप लगाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक विज्ञप्तिमा भन्नुभयो, “मन्त्रालयले तेहरानको राजस्व स्रोतहरूलाई लक्षित गर्न जारी राख्नेछ र यसको अस्थिर गतिविधिहरूलाई बढावा दिने वित्तीय स्रोतहरूमा शासनको पहुँचलाई अवरोध गर्न आर्थिक दबाब बढाउनेछ ।”
यस वर्षको जुनमा इजरायल र अमेरिकाले हवाई आक्रमणको लहर सुरु गरेपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानले जवाफी क्षेप्यास्त्र प्रहार गरेको थियो ।
इजरायलले जुन १३ मा इरानमाथि गरेको लक्षित आक्रमणमा शीर्ष इरानी सेना र सुरक्षा अधिकारीहरू मारिएका थिए । सोही दिन इरानले इजरायली कब्जामा रहेका क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोनद्वारा लक्षित गरी जवाबी कारबाही गरेको थियो ।
जुन २२ मा अमेरिका इजरायली अभियानमा सामेल भयो र तीन इरानी आणविक सुविधाहरू–नातान्ज, इस्फहान र फोर्डोमा आक्रमण गर्‍यो ।
त्यसको एक दिनपछि इरानले कतारमा रहेको अमेरिकी वायु सेनाको केन्द्रीय कमान्डको मुख्यालय पश्चिम एसियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेर जवाफ दियो । त्यसको एक दिनपछि जुन २४ मा दुई देशबिच युद्धविराम भएको थियो ।
यसैबीच, पेन्टागनले हालैको मूल्याङ्कनमा इरानको आणविक सुविधाहरूमा अमेरिकी आक्रमणपछि आणविक हतियार निर्माण गर्ने इरानको क्षमता ‘दुई वर्षको नजिक’ रहेको बताएको छ ।
पछिल्लो गुप्तचरले के देखाउन सक्छ भनेर सोधिएको प्रश्नमा पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले पेन्टागन ब्रिफिङमा पत्रकारहरूलाई इरानको आणविक साइटहरू ‘पूर्ण रूपमा नष्ट’ भएकोमा प्रशासनको स्थिति अपरिवर्तित रहेको बताउनुभयो ।
इजरायलले आक्रमण गर्दा इरान आफ्नो आणविक कार्यक्रम र तेहरानमाथि अमेरिका र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमाथि संयुक्त राज्य अमेरिकासँग ‘अप्रत्यक्ष वार्ता’ मा संलग्न थियो ।
नयाँ वार्ता चाँडै हुन लागेको बेला इजरायली आक्रमणले युद्ध सुरु गरेपछि प्रभावकारी रूपमा रद्द गरियो । इटाली र ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीचको अप्रत्यक्ष वार्ताको अघिल्लो चरणको आयोजना गरेका थिए ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले गत हप्ता इरानले केही महिनाभित्र युरेनियम संवर्धन सुरु गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
इरानको आणविक कार्यक्रम रोक्ने उद्देश्यले वार्ता सुरु गर्ने युरोपेली सङ्घ (इयु) को पछिल्लो प्रयासलाई इरानले अस्वीकार गरेको विदेशमन्त्री अब्बास अराघचीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’